Technology Khabar १९ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
भारतीय मोबाइल अपरेटर भारती एयरटेलले एरिक्सन, नोकिया र सामसङसँग ५जी नेटवर्क सम्झौता गरेको छ।
एयरटेलले आवश्यक स्पेक्ट्रम सुरक्षित गरेपछि अगस्टमा ५जी डिप्लोइमेन्ट सुरु गर्ने योजना बनाएको बताएको छ।
एयरटेलको एरिक्सन र नोकियासँग कनेक्टिभिटी र प्यान-इन्डिया प्रबन्धित सेवाहरूको लागि लामो समयदेखिको सम्बन्ध छ, जबकि सामसङसँगको साझेदारी यसै वर्ष सुरु हुनेछ।
एयरटेलका एमडी र सीईओ गोपाल भिट्टलले देशका ग्राहकहरूलाई फाइभजी कनेक्टिभिटीको पूर्ण लाभ दिन कम्पनीले विश्वभरका उत्कृष्ट प्रविधि साझेदारहरूसँग मिलेर काम गर्ने बताए।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार