वानप्लस नर्ड २० एसई सार्वजनिक, ३३ वाट फास्ट चार्ज सपोर्ट गर्ने

Technology Khabar १९ श्रावण २०७९, बिहीबार

वानप्लस नर्ड २० एसई सार्वजनिक, ३३ वाट फास्ट चार्ज सपोर्ट गर्ने

काठमाडौं ।

वानप्लस नर्ड २० एसई सार्वजनिक भएको छ। वानप्लस नर्ड २० एसई अलीएक्सप्रेसमा बिक्रीका लागि सूचीकृत गरिएको छ।

फोनको अघिल्लो भागमा वाटरड्रप नच डिस्प्ले र पछिल्लो मागमा ५० मेगापिक्सलको डुअल क्यामरा सेटअप रहेको गिज्मोचाइनाले लेखेको छ।
डिभाइसमा शक्तिशाली मिडियाटेक हेलियो चिपसेट सहित ५००० एमएएचको ब्याट्री छ।

वानप्लस नर्ड २० एसईमा रहेको ६.५ इन्चको आईपीएस एलसीडीले एचडीप्लस रिजोल्यूसनमा ७२० वाइ १६१२ पिक्सल र ६०० निट ब्राइटनेस प्रदान गर्छ। डिस्प्लेको नोचमा ८ मेगापिक्सल सेल्फी क्यामरा र ब्याक प्यानलमा ५० मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको डेप्थ डुअल क्यामरा सेटअप छ।

हेलियो जी३५ चिपले नोर्ड २० एसईलाई शक्ति दिन्छ। स्मार्टफाने ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा उपलब्ध छ। साथै माइक्रोएसडी कार्डबाट स्टोरेज बढाउन सकिन्छ। फोन एन्ड्रोइड १२ ओएस र अक्सिनज १२.१ बाट सञ्चालन हुन्छ।

५००० एमएएच ब्याट्रीले ३३ वाट फास्ट चार्ज सपोर्ट गर्छ। सुरक्षाका लागि ह्यान्डसेटमा साइडमा फिन्गरप्रिन्ट स्क्यानर र एआई फेसअनलक छ।

स्मार्टफोनमा डुअल स्ट्रेरियो स्पिकर, फोरजी भीओएलटीई, वाईफाई, ब्लुटुथ ५.०, जीपीएस, यूएसबी सी पोर्ट र ३.५ एमएम अडियो ज्याकलगायत फिचर दिइएको छ। नर्ड २० एसई ओप्पो ए७७ फोरजीको रिब्रान्डेड भर्सन हो।

फोनको मूल्य १९५ अमेरिकी डलर तोकिएको छ।

वानप्लस नर्ड २० एसई अगष्ट १२ देखि बिक्रीका अलीएक्सप्रसेमा उपलब्ध हुनेछ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार