Technology Khabar १९ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
डेटिङ एप टिन्डरको सीईओ रेनेट नेबोर्गले कम्पनी छोडेकी छन्। सीईओमा नियुक्त भएको एक वर्ष पछि उनले कम्पनी छोडेको बीबीसीले उल्लेख गरेको छ।
उनको बहिर्गमन टिन्डरको मूल कम्पनी म्याच ग्रुपद्वार गरिएको ठूलो व्यवस्थापकिय परिवर्तन मध्ये एक हो।
टिन्डरले नयाँ प्रविधि अपनाउने योजना बनाएको छ। जसमा भर्चुअल करेन्सी र मेटाभर्समा आधारित डेटिङसहित रणनीतिक कार्ययोजना रहेको छ।
टिन्डरले सन् २०२२ को दोस्रो त्रैमासमा वाल स्ट्रिलले प्रक्षेपण गरेको भन्दा कम राजश्व संकलन गरेको थियो। वाल स्ट्रिटले ८०४.२२ मिलियन अमेरिकी डलर राजश्व संकलन हुने आकलन गरेको थियो। दोस्रो त्रैमासमा टिन्टरले ७९५ मिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत वृद्धि हो।
‘आज हामी टिन्टर सीईओ रेनोट रेनेट नेबोर्ग बाहिरिएको घोषणा गर्दैछौं। मैले व्यवस्थापन टोली र संरचनामा केही परिवर्तन गरेको छु। मलाई विश्वाश छ यसले टिन्डरलाई पूर्ण क्षमता प्रदान गर्न मद्दत गर्नेछ,’ म्याच ग्रुपका प्रमुख कार्यकारी बर्नाड किमले सेयरधनीहरुलाई लेखेको पत्रमा उल्लेख छ।
तत्कालका लागि किमले नेबोर्गको स्थानमा टिन्डरको सीईओ जिम्मेवारी समाल्ने छन्। टिन्डरमा नयाँ सीईओ नियुक्त नभएसम्म किमले नै सीईओको रुपमा कम्पनीलाई नेतृत्व गर्नेछन्।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार