Technology Khabar १८ श्रावण २०७९, बुधबार
काठमाडौं ।
टेस्लाको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल निर्माण हुने भएको छ। टेस्लाले जर्मनीको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल निर्माण गर्ने निर्णय गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ।
विद्युतीय सवारी उत्पादकले आफ्नो चार्जिङ स्टेशनमा सवारी चार्ज गर्दा पर्खनु पर्ने समयमा उपभोक्तालाई थप सुविधाहरुमा उपलब्ध गराउन लगानी विस्तार गरिरहेको छ। नयाँ सुविधाबाट ग्राहकले चार्जिङको समयमा मनोरञ्जन लिन सक्ने टेस्लाले विश्वास व्यक्त गरेको छ।
गत हप्ता इलेक्ट्रेकले टेस्लाले सुपरचार्जर स्टेशनमा स्वचालित कफी, खान र थप सुविधा सहित नयाँ क्यूब लाउन्जहरु निर्माण गरेको रिपोर्ट प्रकाशित गरेको थियो।
सावरी उत्पादकले आफ्नो ग्राहकहरुलाई चार्जिङ स्टेशनमा पर्खदा सुविधा र रमाइलो गतिविधिहरु प्रदान गर्ने थप विकल्पहरु खोजिरहेको छ।
जर्मनीको सुपरचार्जर स्टेशनमा पहिलो क्यूब लाउन्जहरु निर्माण गरिरहेको छ। जर्मनी टेस्लाको नयाँ सुपरचार्जर सुविधाहरुको नयाँ परीक्षण केन्द्रको रुपमा विकसित भइरहेको छ।
टेस्लाले जर्मनीको हिल्डेनमा रहेको सुपरचार्जर स्टेशनमा मोबाइल स्विमिङ पुल निर्माण गरेको छ।
उक्त स्विमिङ पुलमा एक पटकमा ४ जनाले प्रयोग गर्न सक्नेछन्। स्थानिय समय अनुसार बिहीबारदेखि आइतबारसम्म दिउँसोको २ बजेदेखि साँझको ७ बजेसम्म खुल्ला रहनेछ।
प्रकाशित: १८ श्रावण २०७९, बुधबार