Technology Khabar १८ श्रावण २०७९, बुधबार
काठमाडौं ।
अमेरिकी क्रिप्टो फर्म नोम्याडको १९ करोड अमेरिकी डलर चोरी भएको छ।
नोम्याडले ट्वीटमा भनेको छ, ‘घटना बारेमा सचेत’ थियो। हाल थप विवरण वा चोरी भएको मूल्यको जानकारी नदिई अनुसन्धान गरिरहेको छ।
क्रिप्टो एनालिटिक्स फर्म पेकशिल्डले रोयटर्सलाई दिइएको जनकारी अनुसार ईथर र स्टेबलकोइन यूएसडीसी सहित प्रयोगकर्ताको १९० मिलियन अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ।
नोम्याडले यस विषयमा प्रक्रिया दिन अस्विकार गरेको छ।
कम्पनीले गत हप्ता विभिन्न ब्लकचेनहरु जोड्ने सफ्टवेयर बनाउन यूएस एक्सचेन्ज कोइनबेस ग्लोबल लगायतका लगानीकर्ताहरुबाट २२ मिलियन अमेरिकी डलर उठाएको थियो।
चोरहरुले नोम्याडको ‘ब्रिज’ लाई लक्षित गरेका थिए। उक्त ब्रिजले प्रयोगकर्ताहरुलाई ब्लकचेनका बीच टोकनहरु स्थानान्तरण गर्न अनुमति दिन्छ।
ब्लकचेन ब्रिज चोरीका लागि टार्गेट बन्न थालेको छ। जसले लामो समयदेखि क्रिप्टो क्षेत्रलाई पिरोलेको छ।
लन्डनस्थित ब्लकचेन एनालिटिक्स फर्म इलिप्टिकका अनुसार सन् २०२२ मा ब्रिजबाट १ अर्ब अमेरिकी डलरभन्दा धेरै चोरी भइसकेको छ।
प्रकाशित: १८ श्रावण २०७९, बुधबार