साइबर सुरक्षालाई बलियो बनाउन राष्ट्रिय योजना आयोगको सुझाव

Technology Khabar १७ श्रावण २०७९, मंगलवार

साइबर सुरक्षालाई बलियो बनाउन राष्ट्रिय योजना आयोगको सुझाव

काठमाडौं ।

राष्ट्रिय योजना आयोगले साइबार सुरक्षालाई बलियो बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाब दिएको छ।

योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले साइबर सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएकी हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक एवम् वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पछिल्लो समय साइबर सुरक्षा महत्वपूर्ण पाटो भएकोले आजको २१ औं शताब्दीमा साइबर सुरक्षालाई व्यवस्थित गर्दै यसलाई व्यवस्थित गर्दै यसबाट सिर्जित नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्ने सदस्य सिंहले बताईन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा वार्षिक प्रगति सन्तोषजनक नभएको औंल्याइएको छ।

मन्त्री कार्कीले चालु आर्थिक वर्ष २०७९/०८० का लागि मन्त्रालय र मन्त्रालय अन्तर्गत निकायहरूका लागि तोकिएका कार्यहरूको पूर्ण कार्यान्वयनका लागि शुरुदेखि नै वार्षिक कार्ययोजना अनुसार काम अगाडि बढाउन समेत निर्देशन दिएका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले विगतका अनुभवबाट पाठ सिक्दै आगामी दिनमा कार्यक्रमहरूको समयबद्ध एवम् नतिजामूलक तरिकाले तोकिएको लक्ष्य पूरा गर्न सबैलाई निर्देशन दिएका छन्। साथै कार्यको प्रगति नागरिकको सन्तुष्टिसँग जोडेर विश्लेषण गर्नुपर्ने कार्यमा जोड दिन समेत आग्रह गरे।

बैठकमा मन्त्रालय र मातहतका १८ निकायहरूले चौथो त्रैमासिक/वार्षिक अवधिमा हासिल गरेका प्रगतिहरूको समीक्षा एवम् कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरूका सम्बन्धमा छलफल भयो थियो।

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार