अनर स्मार्ट स्क्रिन एक्स३ चीनमा बिक्रीका लागि उपलब्ध

Technology Khabar १६ श्रावण २०७९, सोमबार

अनर स्मार्ट स्क्रिन एक्स३ चीनमा बिक्रीका लागि उपलब्ध

काठमाडौं ।

केही दिन अघि अनरले आफ्नो घरेलु बजार चीनमा दुई फरक सिरिज अनर स्मार्ट स्क्रिन एक्स३ र स्मार्ट स्क्रिन एक्स३आई अन्तर्गत नयाँ स्मार्ट टिभी सार्वजनिक गरेको थियो।

अनर स्मार्ट स्क्रिन एक्स३आई गत हप्ता नै बिक्री शुरु गरिएको थियो। अनर स्मार्ट स्क्रिन एक्स३ पनि अहिले चीनमा बिक्रीका लागि उपलब्ध भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

अनर स्मार्ट स्क्रिन एक्स३ ५५ इन्च मोडलको मूल्य ३४० अमेरिकी डलर तोकिएको छ। हालका लागि सहुलियत मूल्य २९५ अमेरिकी डलरमा उपलब्ध भइरहेको छ। यस्तै ६५ इन्च मोडलको मूल्य ४४३ अमेरिकी डलर तोकिएको छ भने हाल सहुलियत मूल्य ३९९ अमेरिकी डलरमा उपलब्ध भइरहेको छ।

अनर स्मार्ट स्क्रिन एक्स३ को डिस्प्ले ३८४० वाई २१६० पिक्सल रिजोल्युसन र २००-३०० निट ब्राइटनेस सपोर्ट गर्छ। यसमा डीसी डिमिङ र प्याक एनडीएफईबी स्पिकर छ। जुन उच्च ग्रेड एचआईएफआई स्पिकर जस्तै भएको कम्पनीको दाबी छ।

उपकरणमा क्वाड कोर प्रोसेसरद्वारा सञ्चालित कोरटेक्स–ए५३ कोर छ। टिभीमा २ जीबी र्याम र १६ जीबी स्टोरेज छ।

सफ्टवेयरको कुरा गर्दा यसमा किड्स मोड पनि दिइएको छ। यसमा बालबालिकाका सामाग्रीका साथै आमाबुवा वा अभिभावकले प्रयोग समय नियन्त्रण गर्न सक्नेछन्। यस्तै एल्डर मोड पनि छ। जसमा स्पष्ट इन्टरफेस र ठूला फन्टहरुले एल्डरहरुलाई टिभी हेर्न सहजता प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।

प्रकाशित: १६ श्रावण २०७९, सोमबार