Technology Khabar १६ श्रावण २०७९, सोमबार
काठमाडौं ।
ओप्पोले नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २डी अल्ट्रास्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको कम्पनीको दाबी छ।
ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनलीले भने, “हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पुर्याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढिरहेका छौँ । यो ओप्पोको दिगो विकासको भावना हो जसलाई हामीले हरेक दिन आत्मसात गर्छौ।”
त्यस्तै, अधिकांश प्रयोगकर्ताहरूको आवश्यकताअनुसार, ओप्पो ए५७मा ५००० एमएएच् ब्याट्री ६.५६ एच्डी प्लस कलर–रिच डिस्प्ले, हाईईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ आईपीएक्स ४ वाटर रेसिस्टेन्स रहेको छ।
यो डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।
ओप्पो ए७७ ४जिबी र्याम प्लस १२८ जिबी रोमसँगै आएको छ । यसले १ टिबीसम्मको एसडी कार्डहरुलाई पनि समर्थन गर्दछ। यो फोन रु.२५९९९/- मा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार