हाइब्रिड कार माथि प्रतिबन्ध लगाए बेलायत छोड्ने टोयोटाको धम्की

Technology Khabar १६ श्रावण २०७९, सोमबार

हाइब्रिड कार माथि प्रतिबन्ध लगाए बेलायत छोड्ने टोयोटाको धम्की

काठमाडौं ।

सरकारले हाइब्रिड कारको बिक्रीमा प्रतिबन्ध लगाए टोयोटाले बेलायत छोड्ने भएको छ।

टोयोटाले सरकारले सन् २०३० देखि हाइब्रिड कारको बिक्रीमा प्रतिबन्ध लगाउने आफ्नो योजना अघि बढाए बेलायतमा उत्पादन बन्द गर्ने धम्की दिएको टेकराडारले उल्लेख गरेको छ।

कम्पनीले बेलायत सरकारको अधिकारीहरुलाई प्रतिबन्धले उत्पादन, खुद्रा र अन्य व्यापार गतिविधिका साथै भविष्यको लगानीलाई बाधा पुर्याउने बताएको छ।

यदि सरकारले एसजेडईसी (सिगनिफिकेन्ट जिरो इमिसन क्यापाबिलिटी) आवश्यकता अपनायो भने सन् २०३० मा नयाँ फुल हाइब्रिड र प्लग इन हाइब्रिड इलेक्ट्रिक सवारीको बिक्री समाप्त हुनेछ। यसबाट धेरै क्षेत्र प्रभावित हुनेछ,’ टोयोटाद्वारा पठाइएको पत्रमा उल्लेख छ।

नेट जिरो रणनीतिको एक भागको रुपमा सरकारले सन् २०३० देखि पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ग्रिन हाइब्रिडहरु भने सन् २०३५ सम्म बिक्री गर्ने अनुमति दिइनेछ।

Sajilo Visa

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार