लेनोभो लिजन वाई७०० अल्टिमेट एडिसन सार्वजनिक, ट्याबलेटको ब्याक ग्लास कलर परिवर्तन हुने

Technology Khabar १५ श्रावण २०७९, आईतवार

लेनोभो लिजन वाई७०० अल्टिमेट एडिसन सार्वजनिक, ट्याबलेटको ब्याक ग्लास कलर परिवर्तन हुने
Global IME Bank

काठमाडौं ।

लेनोभोले आफ्नो लेनोभो लिजन वाई७०० अल्टिमेट एडिसन ट्याबलेट चीनमा सार्वजनिक गरेको छ। नयाँ एन्ड्रोइड ट्याबलेटको ब्याकमा कलर परिवर्तन गर्ने ग्लास रहेको गिज्मोचाइनाले उल्लेख रेको छ।

नयाँ ट्याबलेटको मूल्य ४८९ अमेरिकी डलर तोकिएको छ। लेनोभो लिजन वाई७०० अल्टिमेट एडिसन चीनमा मात्र उपलब्ध छ।

स्ट्यान्डर्ड मोडल लिजन वाई७०० गत फेब्रुअरीमा चीनमा सार्वजनिक गरिएको थियो। लिजन वाई७०० अल्टिमेट एडिसनमा स्ट्यान्डर्ड मोडल समान फिचर रहेको छ। ट्याबलेट गेमिङका लागि उत्कृष्ट डिभाइस भएको कम्पनीको दाबी छ। क्रोम सेल एक्सटेरियर डिजाइनमा उपलब्ध ट्याबलेटमा स्न्यापड्रागन ८७० चिप सेट छ।

ट्याबलेटको एलसीडी प्यानल डिस्प्ले १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। नयाँ ट्याबलेट आइस् वाइट र ग्लेयर ब्ल्यू कलर विकल्पमा उपलब्ध छ।

इन्डक्टिव रियर ग्लास प्यानल युक्त लिजन वाई७०० अल्टिमेट एडिसनको मूल्य ५४९ अमेरिकी डलर तोकिएको छ।

ट्याबलेट सञ्चालनमा हुँदा ब्याक ग्लासको कलर परिवर्तन हुन्छ। गेमिङको समयमा आरजीबी लाइटिङले गेमरहरु रोमान्चित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १५ श्रावण २०७९, आईतवार