नयाँ च्याटबटको टेस्टिङ गर्दै ह्वाट्सएप, एपबाटै नयाँ फिचरको जानकारी पाउन सकिने

Technology Khabar १५ श्रावण २०७९, आईतवार

नयाँ च्याटबटको टेस्टिङ गर्दै ह्वाट्सएप, एपबाटै नयाँ फिचरको जानकारी पाउन सकिने

काठमाडौं ।

ह्वाट्सएपले नयाँ फिचरको टेस्टिङ गरिरहेको छ। पछिल्लो समय ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा नयाँ फिचर नियमित रुपमा उपलब्ध गराउँदै आइरहेको छ।

एन्ड्रोइड पुलिसका अनुसार ह्वाट्सएपको नयाँ च्याटबटले एपको अपडेटको विषयमा जानकारी प्रदान गर्नेछ।

वाबेटाइन्फोका अनुसार ह्वाट्सएप च्याटबट विकासको शुरुवाती चरणमा छ। वाबेटाइन्फोले च्याटबटको स्क्रिनसट पनि सेयर गरेको छ। आगामी च्याटबटको माध्यमबाट प्रयोगकर्ताले नयाँ फिचरको जानकारी, टिप्स र ट्रिक्स प्राप्त गर्न सक्नेछन् तथा प्राइभेसी र सेक्युरिटीको बारेमा जानकारी लिन सक्छनेछन्।

उक्त च्याटबटले बिजनेस एकाउन्ट जस्तै काम गर्नेछ। प्रयोगकर्ताले उक्त च्याटबटमा रिप्लाई भने दिन पाउँने छैनन्।

एण्ड टु एण्ड एनक्रिप्टेड

स्क्रिनसटका अनुसार च्याटबटमा पठाइने सबै म्यासेट एण्ड टु एण्ड एनक्रिप्टेड हुनेछ। उक्त म्यासेज एकै साथ धेरै प्रयोगकर्तालाई पठाइनेछ। यदि प्रयोगकर्ता ह्वाट्सएप च्याटबटबाट म्यासेज प्राप्त गर्न चाहदैनन् भने च्याटबट एकाउन्ट ब्लक गर्न सकिन्छ।

नयाँ च्याटबटको सुविधा हाल बीटा भर्सनमा मात्र उपलब्ध छ।

नयाँ च्याटबट विश्वव्यापी रुपमा कहिले रोलआउट गरिन्छ भन्ने ह्वाट्सएपबाट कुनै जानकारी प्राप्त भएको छैन।

नयाँ ह्वाट्सएप च्याटबट अन्य म्यासेजिङ एप टेलीग्राम र सिग्नलको च्याटबट जस्तै छ। टेलीग्राम र सिग्नल दुवैमा प्लेटफर्ममा आधिकारिक च्यानल उपयोग गर्न सकिन्छ। जसबाट प्रयोगकर्ताले अपडेट र सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्छन्।

प्रकाशित: १५ श्रावण २०७९, आईतवार