इलेक्ट्रिक कारलाई टक्कर दिने ईसाइकल आउँदै, रेञ्ज ५१० किमी

Technology Khabar १४ श्रावण २०७९, शनिबार

इलेक्ट्रिक कारलाई टक्कर दिने ईसाइकल आउँदै, रेञ्ज ५१० किमी
Global IME Bank

काठमाडौं ।

पेट्रोलियम पदार्थको बढ्दो मूल्य वृद्धिका कारण इलेक्ट्रिक सवारीमा आकक्रण बढ्दो क्रममा छ। ईभीसँगै इलेक्ट्रिक साइकलमा उपभोक्ताको रुची वृद्धि भइरहेको छ।

अमेरिकाको कोलोराडो स्थित ईमोटरसाइकल निर्माता ओप्टबाइकले आफ्नो नयाँ हाई रेञ्ज आर२२ एभरेष्ट इलेक्ट्रिक साइकल बजारमा ल्याउने तयारी गरिरहेको छ।

रेञ्ज ५१० किलोमिटर

आर२२ एभरेष्ट इलेक्ट्रिक साइकलको आकर्षण भनेको यसको रेञ्ज रहेको छ। यो साइकलको रेञ्ज अधिकतम इलेक्ट्रिक कारको भन्दा धेरै रहेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। रिपोर्टका अनुसार आर२२ एभरेष्ट इलेक्ट्रिक साइकलले फुल चार्जमा ५१० किलोमिटरको रेञ्ज प्रदान गर्छ।

ईसाइकलमा जडान गरिएको ब्याट्री र मोटरका कारण उक्त रेञ्ज प्राप्त गर्न सम्भव भएको हो।

ओप्टबाइकले ईसाइकलमा १६ किलोवाटको लिथियम आयन ब्याट्र प्रयोग गरेको छ। साधारण साइकलमा उपलब्ध हुने ब्याट्री भन्दा यो ठूलो र शक्तिशाली हो। यस ब्याट्रीको कुल क्षमता ३.२६ किलोवाट आवर छ।

ब्याट्रीलाई सजिलै साइकलमा राख्न र निकाल्नका लागि दुई भागमा निर्माण गरिएको छ। ईसाइकलमा प्रयोग भएको ब्याट्री रिमूभेबल हो। ब्याट्री निकालेर यस ईसाइकललाई साधारण साइकलको जस्तो प्रयोग गर्न सकिन्छ।

गति ५८ किलोमिटर प्रति घण्टा

ईसाइकलको रेञ्ज मात्र नभई गति पनि दमदार रहेको छ। इलेक्ट्रिक साइकलको उच्च गति ५८ किलोमिटर प्रति घण्टा रहेको कम्पनीको दाबी छ।

ईसाइकलले १९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ। कम्पनीको अनुसार राइडरको तौल ७२ किलोग्राम र साइकललाई २४ किलोमिटर प्रति घण्टाको गतिमा चलाउँदा ५१० किलोमिटरसम्मको रेञ्ज प्राप्त गर्न सकिन्छ।

ईसाइकल सामान्य सडकका साथै अफ रोेडमा पनि चलाउन सकिन्छ। ईसाइकलमा लङ ट्राभल सस्पेन्सन पनि दिइएको छ। साइकलाई हल्ला बनाउनका लागि कार्बन फाइबरबाट फ्रेम तयार गरिएको छ। ब्रेकिङका लागि साइकलको दुबै पांग्रामा डिस्क ब्रेक दिइएको छ।

ईसाइकलको फिचरको कुरा गर्दा एलसीडी डिस्प्ले, हेटलाइट र टेल लाइट उपलब्ध छ। यसको डिस्प्लेमा चार्ज, रेञ्ज र दूरीको जानकारी प्राप्त गर्न सकिन्छ। इलेक्ट्रिक साइकलको मूल्य करिब १८ हजार ९०० अमेरिकी डलर हुने अनुमान गरिएको छ।

 

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १४ श्रावण २०७९, शनिबार