शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा

Technology Khabar १३ श्रावण २०७९, शुक्रबार

शाओमीको रेड्मी १०ए स्मार्टफोन अब नेपालमा

काठमाडौं ।

शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ। क्यामरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावरप्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ।’

रेड्मी १०एको ठूलो ६.५३ इन्चको एचडी प्लस डिस्प्लेले भिडियो तथा तपाईंलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान गर्दछ। अन्य ईन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्रीडी–कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ। साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ।

यसमा रहेको १३ मेगापिक्सेलको मुख्य क्यामरा र २मेगापिक्सेल डेप्थ क्यामरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ।

रेड्मी १०एमा पावरअपको लागि मिडियाटेक हेलियो जी २५ प्रोसेसर जडित छ जुन २.० गीगाहर्जसम्मको क्षमता रहेको अक्टाकोर सिपियू हो। यसमा लामो समयसम्म चल्ने ५,००० एमएएच ब्याट्री जडित छ जसले तपाईंलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ। यो स्मार्टफोन १० वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ।

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्ध छ। यो फोन २जीबी प्लस ३२जीबी र ३जीबी प्लस ६४जीबी स्टोरेज भेरियन्टमा आउँछ, जसको मूल्य क्रमशः रु.१३,९९९ र रु. १५,९९९ रहेको छ।

रेड्मी १०ए १३ साउनदेखि देशभरका सबै आधिकारिक एमआई स्टोरहरूमा उपलब्ध हुनेछ।

easy care

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार