रोल्स रोयसको इलेक्ट्रिक ‘स्पेक्टर’ फ्रान्समा परीक्षण हुँदै

Technology Khabar १३ श्रावण २०७९, शुक्रबार

रोल्स रोयसको इलेक्ट्रिक ‘स्पेक्टर’ फ्रान्समा परीक्षण हुँदै
Global IME Bank

काठमाडौं ।

विलासी सवारी उत्पादक रोल्स रोयसको इलेक्ट्रिक कार ‘स्पेक्टर’ बजारमा आउने भएको छ। रोल्स रोयसले इलेक्ट्रिक कार सार्वजनिक गर्नु अघि फ्रान्सको रिभिएरामा स्पेक्टरको परीक्षण गरिरहेको छ।

सन् २०२३ मा सार्वजनिक गर्नु अघि ईभीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको अटोकारले उल्लेख गरेको छ।

स्पेक्टर आर्कटिक सर्कलको चरम परिस्थितिमा ५५ किलोमिटर परीक्षण गरिएको छ। अब स्पेक्टर कोट डी अनुरमा ६ लाख २५ हजार किलोमिटर चलाएर परीक्षण गरिनेछ।

परीक्षणलाई दुई भागमा विभाजन गरिनेछ। र, अटोड्रोम डी मिरामसाको मैदान र ग्रामीण इलाकामा चलाएर परीक्षण गरिनेछ।

विकासमा नयाँ इलेक्ट्रोनिक रोल स्टेबिलाइजेसन सस्पेन्सन प्रणालीको फाइनल ट्युनिङ समावेश हुनेछ। जुन रोल्स रोयस ब्राण्डको विशेष्ता ‘म्याजिक कार्पेट राइड’ गुणस्तरका लागि उपयुक्त हुनेछ। रोल्स रोयल कार आफ्नो स्थिरतका लागि प्रसिद्ध छ। रोल्स रोयलमा सवार हुँदा भुकम्पको धक्का पनि महशुस नहुने कम्पनीले दाबी गर्दै आइरहेको छ।

कम्पनी आफ्नो नयाँ इलेक्ट्रिक सवारीमा पनि पुरानो विरासत कायम राख्ने योजनामा छ।

रोल्स रोयसमा सवार व्यक्तिलाई अधिकतम आराम प्रदान गर्न यसको सिस्टमले स्याटलाइट नेभिगेसन डाटा र सडकको विश्लेषण गर्नेछ। जसबाट हाई प्रिक्वेन्सी इम्परफेक्सन कम गर्न कारको एन्टी रोल बार प्रयोगमा आउनेछ।

फ्रान्सको परीक्षणबाट स्पेक्टर खराब सडक र हाइवेमा कसरी काम गर्छ भन्ने प्रष्ट दुष्टिकोण प्रदान गर्न मद्दत मिल्ने रोल्स रोयसले बताएको छ।

रोल्स रोयसका अनुसार इलेक्ट्रिक स्पेक्टरको विकास ४० प्रतिशत पुरा भएको छ। कम्पनीले गत मार्चमा प्रि प्रोडक्सन प्रोटोटाइप शुरु गरेको छ।
स्पेक्टरको परीक्षण सन् २०२१ को सेक्टेम्बरबाट शुरु गरिएको थियो।

स्पेक्टरको पूर्ण परीक्षण कार्यक्रममा कुल २५ लाख किलोमिटर चलाइनेछ।

Sajilo Visa

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया