Technology Khabar १२ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
इन्फिनिक्स स्मार्ट सिक्स प्लस स्मार्टफोन आज बिहिबार भारतिय बजारमा आएको छ। फिलिपकार्ड उपलब्ध भएको यस स्मार्टफोनलाई इन्फिनिक्सले कम मूल्यमा पनि धेरै राम्रा फिचर्स दिएको जागरणले जनाएको छ।
इन्फिनिक्स स्मार्ट सिक्स प्लस स्मार्टफोनका सबै सुविधा र फिचर्सहरू खुलाएको छ।
जसमा ६.८२ इन्चको स्क्रिन रहेको स्मार्टफोनमा एचडी ड्रप नोप कम्पनीले राख्नुका साथै४४० निट्सको ब्राइटनेश यसमा रहेको छ।
यस्तै कम्पनीले यस स्मार्टफोनमा मिडिया टेक हेलो जी २५ प्रोसेसर दिएको छ। स्मार्ट सिक्स प्लस स्मार्टफोनमा ३ जीबी इनबिल्ट र्याम र ३ जीबी भर्चुअल र्याम रहनुका साथै ६४ जीबीको मेमोरी इन्टरनल स्टोरेज रहन्छ।
इन्फिनिक्सले यस स्मार्टफोनमा ८ एमपी डुअल ब्याक क्यामेरा सेटअप दिएको छ। यससँगै डुअल एलईडी फ्ल्यासलाइट पनि रहेको छ।
यस्तै सेल्फी र भिडियो कलिंगको लागि यसमा ५ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ। पछाडि जस्तै कम्पनीले अगाडि डुअल एलईडी फ्ल्यासलाइट पनि रहेको कम्पनीले जनाएको छ ।
यस मोबाईलमा ५,००० एम एचको व्याट्रि रहेको छ भने चार्जका लागि १० वाटको चार्जर पनिसँगै पाइन्छ। स्मार्टफोनले एन्ड्रोइड १२ को गो इडिसनमा काम गर्ने कम्पनीले जनाएको छ। मिरि व्याक डिजाइन दिएको मार्ट सिक्स प्लस स्मार्टफोनमा पाण्डा एम एन २२८ को ग्लास प्रोटेक्शन रहेको छ।
यो मोबाईल फो जी रहेको र यसमा फिंगरप्रिन्ट सेन्सर, फेस अनलक, डीटीएस सराउण्ड साउन्ड, डुअल सिम र ३.५ एमएम अडियो ज्याक रहेको छ।
इन्फिनिक्स स्मार्ट ६ प्लस स्मार्टफोन ट्रान्क्विल सी ब्लू, मिरकककल ब्ल्याक र क्रिस्टल भायोलेट गरी ३ रंगमा उपलब्ध छ।
यसको मुल्य ७ हजार ९९९ भारतिय रुपैयाँ तोकिएको छ।
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार