पुरानो फोन छिटो चार्ज गर्ने तरिका

Technology Khabar १२ श्रावण २०७९, बिहीबार

पुरानो फोन छिटो चार्ज गर्ने तरिका

काठमाडौं ।

हाल बजारमा आएका नयाँ तथा फ्ल्यागशिप फोनहरुमा फास्ट चार्जिङ सपोर्ट अपरिहार्य रुपमै रहेको हुन्छ।

फास्ट चार्जिङको सीमा पनि मूल्य तथा ब्राण्डका हिसाबले फरक फरक हुन्छन्। यिनीहरुले फोनको ब्याट्रीलाई छिटो चार्ज गर्न मद्दत गर्छन्।

तर हामीले चलाइरहेका पुराना मोडल तथा हालका पनि इन्ट्रि लेभल तथा मिड रेन्जसम्मका फोनमा पनि चार्जिङको समस्या भइरहेको हुन्छ। ब्याट्री चार्ज गर्नका लागि लामो समय लाग्ने भएकाले झण्झटिलो पनि हुन सक्छर

तर केही तरिका अपनाउँदा फास्ट चार्जिङ सेवा प्राप्त गर्न ठूलो पावर ब्रिक वा नयाँ प्रविधि नै आवश्यक हुन्छ भन्ने छैन।

आउनुहोस् फास्ट चार्जिङका लागि उपयुक्त टिप्सहरुबारे चर्चा गरौं:

फास्ट चार्जर किन्नुहोस्

आफ्ना एन्ड्रोइड फोनलाई छिटो चार्ज गर्नका लागि पहिलो तरिका फास्ट चार्जर किन्नु हो। तर किन्नुअघि यसको कम्प्याटिबिलिटी भने चेक गर्नुपर्छ। उक्त चार्जरले आफ्नो मोबाइललाई सपोर्ट गर्छ वा गर्दैन तथा मोबाइलले फास्ट चार्जिङ सपोर्ट गर्छ किन गर्दैन भन्ने पक्का गर्नुपर्छ।

वाइफाइब्लूटूथलगायतका फिचर बन्द गर्नुहोस्

वाइ-फाइ, ब्लूटूथ तथा यस्तै प्रकारका सेवाहरुले धेरै ब्याट्री खपत गर्छन्. यस्ता डिभाइस बन्द गरेमा चार्जिङ स्पीडमा निकै सुधार आउन सक्छ।

यूएसबी पोर्टमा नभई वाल सकेटमार्फत् चार्ज गर्नुहोस्

कार, ल्यापटप तथा अन्य डिभाइसमा रहेका यूएसबी पोर्टले सामान्यतया: प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्न सक्दैनन्। वल सकेटले भने राम्रो स्पीडका साथ विश्वसनीय चार्जिङ सुविध उपलब्ध गराउँछ।

सधैं सक्कली केबल प्रयोग गर्नुहोस्

आफ्नो स्मार्टफोनलाई सधैं मूख्य केबल वा एडप्टरमारफत् नै चार्ज गर्नु उपयुक्त हुन्छ। अरु कुनै ब्राण्डका चार्जरको उपयोगले कुनै पनि डिभाइसको ब्याट्री खराब हुन सक्छ भने यसले चार्जिङको गतिलाई पनि प्रभाव पार्न सक्छ।

ब्याकग्राउण्ड प्रोसेसिङ एपहरु डिसेबल गर्नुहोस्

ब्याकग्राउण्ड प्रोसेसिङ एपहरुले तिनीहरु प्रयोग नगरेका बेलासमेत डिभाइसको ब्याट्री उपयोग गरिरहेका हुन्छन्। कुनै पनि स्मार्टफोन ब्याकग्राउण्डमा एपहरु चलेका बेला निकै सुस्त गतिमा मात्र चार्ज हुन्छ किनकि ती एपहरुले ब्याट्री खपत गरिरहेका हुन्छन्।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार