एसईईका विद्यार्थीलाई अफरसहित टेलिकमको निःशुल्क सिम, रिचार्ज प्याकमा बोनससमेत

Technology Khabar ११ श्रावण २०७९, बुधबार

एसईईका विद्यार्थीलाई अफरसहित टेलिकमको निःशुल्क सिम, रिचार्ज प्याकमा बोनससमेत
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर
Global IME Bank

काठमाडौं ।

नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम लगायत रिचार्जमा बोनस उपहार दिने भएको छ।

एसईईमा सहभागी भएका विद्यार्थीहरुले एसईई विद्यार्थी सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सक्ने छन् ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि विद्यार्थी रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट एस्ट्रीक १६०० ह्यासट्याग (*1600#) मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्नेछ।

कम्पनीकाअनुसार नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ।

पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विद्यार्थी रजिष्ट्रेसन प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट एस्ट्रीक १६०० ह्यासट्यागमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्नेछ ।

रजिष्ट्रेसन प्याकबाट विद्यार्थीहरुले नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० ओटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी बोनस अन रिचार्ज प्याक अन्तर्गत रु ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० ओटा एसएमएस पठाउन सकिने बोनस सुविधा प्रयोग गर्न पाउने जनाएको छ ।

कम्पनीको अनुसार यो सुविधा तीन महिना अवधिभर लागु हुने छ।

Sajilo Visa

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया