सोनीद्वारा प्लेस्टेशन भीआर२ हेडसेटको थप विवरण प्रस्तुत

Technology Khabar ११ श्रावण २०७९, बुधबार

सोनीद्वारा प्लेस्टेशन भीआर२ हेडसेटको थप विवरण प्रस्तुत

काठमाडौं ।

सोनीले आगामी प्लेस्टेशन भीआर२ हेडसेटको महत्वपूर्ण विवरणको सम्बन्धमा खुलासा गरेको छ।

यसमा प्रयोकर्ताहरुले कसरी खेल सेट अप गर्छन् तथा स्ट्रिमिङ र नन् भीआर प्ले सम्बन्धमा सोनीले आधारभूत जानकारी बाहिर ल्याएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सबैभन्दा पहिले त्यहाँ एक सी थ्रू भ्यू हुनेछ। जसमा प्रयोगकर्ताले हेडसेट बन्द नगरी वरपरको दुश्यहरु हेर्न सक्नेछन्। हेडसेटको फक्सन बटन थिटेर वा कन्ट्रोल सेन्टरको कार्ड प्रयोग गरेर यसको गर्न सकिन्छ। यसबाट प्रयोगकर्ताले वास्तविक जीवनको कोठा र भीआर जीवनको कोठा बीच फरक अनुभुति प्राप्त गर्नेछन्। यस प्रक्रियाका लागि कुनै रेकर्डिङको विकल्प भने दिइएको छैन।

यस सी थ्रू भ्यू खेल क्षेत्र सेटअप गर्न प्रयोग गर्न सकिन्छ। हेडसेटले प्रयोगकर्ताको कोठाको नक्सा बनाउनेछ र कन्ट्रोलरको माध्यमबाट खेल क्षेत्र र कोठाबीच सीमा कोर्न सकिन्छ। सीमा नजिक पुग्दा प्रयोगकर्तालाई सिस्टमले चेतावनी दिनेछ।

प्लेस्टेशन भीआर२ मा भीआर र नन् भीआर कन्टेन्ट कसरी रेन्डर गरिन्छ भन्ने प्राविधिक विवरण जान्न सकिन्छ। भीआर मोडमा कन्टेन्ट ४००० वाई २०४० पिक्सल (२०००वाई २०४० पिक्सल प्रति आँखा) र एचडीआर भिडियोमा ९० गिगाहर्ज वा १२० गिगाहर्ज रेन्डर हुन्छ।

तुलनाका लागि ओरजिनल पीएसभीआरमा ९६० वाई १०८० पिक्सर प्रति आँखा हुनेछ।

नन् भीआर कन्टेन्ट नियमित खेल वा चलचित्रहरु ठूलो भर्चुअल स्क्रिनमा रेन्डर गरिनेछ। भिडियो कन्टेन्ट १९२० वाई १०८० पिक्सल रिजोल्युसन २४, ६० वा १२० गिगाहर्जमा पठाइनेछ।

सोनीले पीएसभीआर२ सार्वजनिक हुने मितीको बारेमा जानकारी दिएको छैन।

easy care

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

ताजा समाचार