सानिमा बैंकको भिडिओ केवाईसी सेवा सुरु

Technology Khabar १० श्रावण २०७९, मंगलवार

सानिमा बैंकको भिडिओ केवाईसी सेवा सुरु
Global IME Bank

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडिओ केवाईसी सेवा सुरु गरेको छ। गैर आवासीय नेपालीले विदेशबाट तथा स्वदेशकै जुनसुकै ठाउँबाट अनलाइन खाता खोलेर यो सेवा लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

भिडिओ केवाईसी सेवाले बैंकका ग्राहकहरु आफ्नो खाता सुरु गर्न बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन्।

यो सुविधामार्फत् ग्राहकले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नु पर्ने अनिवार्य कार्य कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्ने छन्।

ग्राहकले अनलाइन खाता खोल्दा यसको विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नु पर्ने छ। प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कलमार्फत् गर्ने छन्।

भिडिओ केवाईसी सेवा प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक १ करोड रुपैयाँसम्म खर्च गर्न सक्ने सानिमा बैंकको सूचनामा उल्लेख छ।

Sajilo Visa

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार