Technology Khabar १० श्रावण २०७९, मंगलवार
काठमाडौं ।
बेलायतको इलेक्ट्रिक सवारी निर्माता कम्पनीले साइलेन्सले आफ्नो नयाँ साइलेन्स एस०१ प्लस इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। यो कम्पनीको लोकप्रिय साइलेन्स एस०१ इलेक्ट्रिक स्कुटरको स्पोर्टी भर्सन भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक भएसँगै कम्पनीको पोर्टफोलियोमा कुल ६ इलेक्ट्रिक स्कुटर छ।
कम्पनीसँग साइलेन्स एस०१ प्लस, एस०१ अर्बन, एस०१ कनेक्टेड, एस०२ अर्बन, एस०२ बिजनेस र साइलेन्स एस०२ बिजनेस प्लस इलेक्ट्रिक स्कुटर छ।
कम्पनीले सन् २०२२ मा सीमित संख्यामा साइलेन्स एस०१ प्लस इलेक्ट्रिक स्कुटर बिक्री गर्ने योजना बनाएको छ।
स्कुटर किन्न चाहने ग्राहकले कम्पनीको वेबसाइटबाट बुकिङ गर्न सक्नेछन्। यस इलेक्ट्रिक स्कुटरको मूल्य ६ हजार ७९५ पाउन्ड (अर्थात् १० लाख ४५ हजार रुपैयाँ) तोकिएको छ।
साइलेन्स एस०१ प्लस र साइलेनस एस०१ कनेक्टेड इलेक्ट्रिक स्कुटरमा आधारित छ। दुवै स्कुटरको कोर डिजाइन धेरै हदसम्म समान छ।
साइलेनस एस०१ प्लस स्पोर्टी एन्थ्रेसाइट ग्रेल कलर थीममा पेश गरिएको छ।
स्कुटरलाई भाइब्रेन्ट लुक र फिल दिनका लागि ग्लोस ब्ल्याक डिटेलिङ दिइएको छ। स्कुटरमा राउन्ड हेडल्याम्प, स्कल्प्टेड फ्रन्ट फेसिया, टिन्टेड विन्डस्क्रीन, ट्रेन्डी रियर भ्यू मिरर, सिंगल पीस सिट र लङ टेललगयात फिचर रहेको छ।
साइलेन्स एस०१ प्लसको ब्रान्डिङ एलिमेन्ट्स टेल सेक्सन र ह्वीलमा देख्न सकिन्छ। ह्वील्स र बडी प्यानलमा रृड हाइलाइट ग्रे ब्ल्याक थीमको विपरित राखिएको छ।
साइलेन्स एस०१ प्लस इलेक्ट्रिक स्कुटरमा ७.५ किलोवाट क्षमताको ठूलो मोटर छ। जसले अधिकतम १२.२३ बीएचपी पावर जेनरेट गर्छ। यसमा ५.६ किलोवाट आवर रिमूभबल लिथियम आयन ब्याट्री प्याक दिइएको छ।
स्कुटरको अधिकतम गति १०० किलोमिटर प्रति घण्टा रहेको छ।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार