Technology Khabar ९ श्रावण २०७९, सोमबार
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग लामो समयदेखि विभिन क्षेत्रमा भइरहेको छ। मेडिकलदेखि शिक्षा क्षेत्रसम्म एआईको उपयोग भइरहेको छ र इन्टरनेटको क्षेत्रमा यसको प्रयोग सबै भन्दा धेरै प्रयोग हुने गरेको छ। अहिले एआईको सम्बन्धमा नयाँ दावी गरिएको छ।
नयाँ अनुसन्धान रिपोर्टअनुसार आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय रोगको अग्रिम जानकारी दिने र हृदयघात रोक्न सकिने दाबी गरिएको अमर उजालाले जनाएको छ।
अनुसन्धानकर्ताहरुले एउटा नयाँ एआई विकसित गरेका छन् जसले मृटुमा रगत सञ्चार गर्ने नसाको खराबी पत्ता लगाउने छ। प्राविधिकले रक्तवाहिनीको जाँच गर्नका लागि अप्टिकल कोर्निकल टोमोग्राफी (ओसीटी) को प्रयोग गर्छ।
रक्तवाहिनीको खराबीका कारण मृटु रोग र हृदयघात लगायत गम्भिर रोग लाग्ने गर्छ। ओसीटी एउटा अप्टिकल इमेजिङ प्राविधिक हो। जसको प्रयोग कारोनरी रगतवाहिनीको थ्रीडी तस्बिर बनाउका लागि गर्न सकिन्छ। जसले रक्त नलीहरु भित्र रगतलाई हृदयको मांसपेशीमा लैजान्छ।
रक्त नलीको खराबी पत्ता लगाउनका लागि ओसीटीको प्रयोग पहिलो पटक गरिएको हैन।
ओसीटीमा एआईको प्रयोगबाट राम्रो नतिजा आउने सम्भावना रहन्छ।
यस अनुसन्धानको नेतृत्वकर्ता झाओ वाङ चीनको विज्ञान तथा प्रविधि विश्वविद्यालयमा काम गर्छन्।
अनुसन्धानका अनुसार नयाँ एआई प्रविधिको दुई प्रारम्भिक चरणहरु छन्। पहिलो एआई मोडेलले न्यूरल नेटवर्कको मूल छविको विश्लेशण गर्न र रक्तनली खराब भएको जानकारी दिन्छ।
अनुसन्धानकर्ताका अनुसार एआई प्रविधिले रक्त सञ्चार नली खराबी भएको ८० प्रतिशतसम्म सटिक जानकारी र भल्व खराबी भएको जानकारी ७३ प्रतिशतसम्म दिनेछ।
प्रकाशित: ९ श्रावण २०७९, सोमबार