टर्कीमा पहिलो पटक चार्जिङ स्टेशन निर्माण गर्दै टेस्ला

Technology Khabar ९ श्रावण २०७९, सोमबार

टर्कीमा पहिलो पटक चार्जिङ स्टेशन निर्माण गर्दै टेस्ला
Global IME Bank

काठमाडौं ।

टेस्लाले मध्यपूर्वी देश टर्कीमा आफ्नो पहिलो इलेक्ट्रिक चार्जर राख्ने भएको छ।

टेस्लाले टर्कीको उत्तरपश्चिमी प्रान्त बोलुको मोटरवे सेवा र विश्राम स्टेशनमा सुपरचार्जर स्टेशन स्थापना गर्ने काम शुरु गरेको हरिएटडेल्लीन्यूजले उल्लेख गरेको छ।

चार्जिङ स्टेशनको उपकरणहरु साइटमा डेलिभरी गरिएको छ। चार्जिङ स्टेशन छिट्टै सञ्चालमा आउने अपेक्षा गरिएको छ।

टेस्लाको वेबसाइट अनुसार सुपरचार्जहरु टर्कीका शहरहरु इस्तानबुल, अंकारा, इज्मिर, आयडिन, बालिकेसिर, बर्सा, एडिर्ने, अन्टाल्या र कोन्याल लगायतमा स्थापना गरिनेछ।

टेस्लाले यस वर्षको अन्त्यसम्ममा आफ्ना सबै मोडलहरु सहित टर्की बजारमा प्रवेश गर्ने योजना बनाएको छ।

यदि बिक्रीले आगामी महिनामा हालको गतिलाई कायम राख्यो टर्कीमा विद्युतीय सवारी साधनको बिक्री करिब ४५०० युनिट पुग्न सक्ने इलेक्ट्रिक एण्ड हाइब्रिड भेहिकल एसोसिएशन (तेहाड)को जुलाई प्रतिवेदनमा उल्लेख छ।

सन् २०२२ को पहिलो ६ महिनामा दर्ता भएका विद्युतीय सवारीको संखया एक वर्ष अघिको तुलनामा १७० प्रतिशतले बढेर २ हजार ४१३ पुगेको तेहाडले जनाएको छ।

रेनो, बीएमडब्ल्यू र मर्सिडिज बेन्जले यस वर्षको पहिलो ६ महिनामा स्थानीइ बजारमा विद्युतीय कार बिक्रीमा प्रभुत्व जमाएका छन्। जुन महिनामा विद्युतीय सवारी साधनको बिक्री ८२ प्रतिशतले बढेर ४९९ युनिट पुगेको छ। यो सम्पूर्ण कार बिक्रीको ०.८ प्रतिशत हिस्सा हो।

नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) नियमनपछि टर्कीमा केही विद्युतीय सवारी साधनको मूल्य घट्ने अनुमान गरिएको छ।

टर्कीमा हाल करिब ३ हजार ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन रहेका छन्।

Sajilo Visa

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया