ग्राहक संख्याका आधारमा शीर्ष १० इन्टरनेट सेवा प्रदायक

Technology Khabar ७ श्रावण २०७९, शनिबार

ग्राहक संख्याका आधारमा शीर्ष १० इन्टरनेट सेवा प्रदायक
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५८ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक संख्या दिइएको छ।

आँकडा अनुसार चैत्र महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छन्ः

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड-६,३०,२९६

चैत्र मसान्त-६,३०,२७९ बैशाख मसान्त -६,३०, २९६ १७ वृद्धि

२०७८ चैत मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको ग्राहक संख्या ६ लाख ३० हजार २७९ रहेकोमा बैखाश मसान्तसम्म आइपुग्दा १७ ले बढेर ६ लाख ३० हजार २९६ मा पुगेको छ।

२. नेपाल दूरसञ्चार कम्पनी-२,९८,३७४

चैत्र मसान्त-२,९८,३९१ बैशाख मसान्त-२,९८,३७४ १७ घटेको

२०७८ चैत मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनीको ग्राहक संख्या २ लाख ९८ हजार ३९१ रहेकोमा बैखाश मसान्तसम्म आइपुग्दा १७ ले घटेर २ लाख ९८ हजार ३७४ मा आईपुगेको छ।

३. सुविसु केबलनेट-२,२८,७९५

चैत मसान्त-२,२१,९०२ बैशाख मसान्त-२,२८,७९५ ६,८९३ वृद्धि

२०७८ चैत मसान्तसम्म सुविसु केबलनेटको ग्राहक संख्या २ लाख २१ हजार ९०२ रहेकोमा बैखाश मसान्तसम्म आइपुग्दा ६ हजार ८९३ ले बढेर २ लाख २८ हजार ८९३ पुगेको छ।

४.भायानेट प्रालि-२,२०,२७०

चैत मसान्त-१,६२,३७७ बैशाख मसान्त-२,२०,२७० ५७,८९३ वृद्धि

५.क्यालासिक टेक-२,२१,०१७

चैत मसान्त-२,१६,४५३ बैशाख मसान्त-२,२१,०१७ ४,५६४ वृद्धि

६. डिश मिडिया नेटर्क-१,०६,३७५

चैत्र मसान्त-९५,७६३ बैशाख मसान्त-१,०६,३७५ १०,६०९ वृद्धि

७. टेकमाइण्ड्स नेटवर्क प्रालि-८९,०११

चैत मसान्त-८९,०११  बैशाख मसान्त -८९,०११ स्थिर

८. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि-६३,३६९

चैत मसान्त-६९,७३५ बैशाख मसान्त-६३,३६९ ६,३६६ घटेको

९. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि-५२,३११

चैत्र मसान्त-५३,४४४ बैशाख मसान्त-५२,३११ १,१३३ घटेको

१०. सिम्पल मिडिया नेटवर्क केबल प्रालि-२६,८३३

चैत्र मसान्त-२२,९९५ बैशाख मसान्त-२६,८३३ ३,८३८ वृद्धि

 

Sajilo Visa

प्रकाशित: ७ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार