यस्तो छ एन्ड्रोइड फोनको ब्याट्री हेल्थ चेक गर्ने र ब्याकअप बढाउने तरिका

Technology Khabar ७ श्रावण २०७९, शनिबार

यस्तो छ एन्ड्रोइड फोनको ब्याट्री हेल्थ चेक गर्ने र ब्याकअप बढाउने तरिका

काठमाडौं ।

डिजिटल युगमा स्मार्टफोन सबैको आवश्यकता भइसकेको छ। मोबाइलफोनको धेरै प्रयोग गर्दा ब्याट्री छिट्टै सकिन्छ।

तपाईको फोनले आवश्यकता भन्दा धेरै ब्याट्री खपत गरिरहेको छ। यसबाट कसरी बच्न सकिन्छ भन्ने उपायको खोजीमा पक्कै हुनु हुन्छ।

आज टेक्नोलोजीखबरले ब्याट्री हेल्थ चेक गर्ने र ब्याट्री ब्याकअप कसरी बढाउने भन्ने जानकारी दिन गइरहेको छ।

एन्ड्रोइड फोनको ब्याट्री हेल्थ कसरी चेक गर्ने

सबै स्मार्टफोनमा ब्याट्री हेल्थ र तापक्रम चेक गर्ने विकल्प दिइएको हुँदैन। यसका लागि प्रयोगकर्ताहरुले तेस्रो एपको मद्दत लिनु पर्ने हुन्छ ।

केही एन्ड्रोइड ब्राण्ड सामसङले ब्याट्रीको विवरण हेर्नका लागि केही अप्सन दिएको हुन्छ। तर यो प्रयाप्त हुँदैन। ब्याट्री हेल्थ र तामक्रमको सही जानकारी लिनको लागि गुगल प्ले स्टोरबाट याकुब्याट्री एप डाइनलोड गर्नुपर्छ। एपको प्रयोगबाट ब्याट्रीको सम्बन्धमा सटिक जानकारी पाउन सकिन्छ।

याकुब्याट्री एप

यो एपले फोनको ब्याट्री कति प्रतिशत चार्ज गर्ने भन्ने सल्लाह दिन्छ। फोनको ब्याट्री ८० प्रतिसत मात्र चार्ज गर्नुपर्छ । लामो समयसम्म फूलचार्जमा राख्दा ब्याट्रीको क्षमतामा असर पर्छ र ब्याट्री छिट्टै खराब हुन्छ। यो एपको मद्दतबाट सरल तरिकाबाट काम गर्न सकिन्छ।

र, ब्याट्रीको उचित व्यवस्थापन गर्न सकिन्छ। याकुब्याट्री एपमा चार्जिङ लेभलको आधारमा अलार्म सेट गर्न सकिन्छ। यो एपमा फोनको ब्याट्री ८० प्रतिशत चार्ज भए पछि अलार्म बज्छ।

साथै फोनको तापक्रम ५० डिग्री भन्दा माथि भयो भने पनि ब्याट्री खराब हुने उच्च जोखिम रहन्छ। मोबाइल चार्जिङ गर्दा, खेम खेल्दा, भिडियो हेर्दा धेरै तात्ने गर्छ। एपको मद्दतबाट मोबाइलको तापक्रम पनि हेर्न सकिन्छ।

साथै एपले ब्याट्री र चार्जिङसँग सम्बन्धित सबै विवरण रेकर्ड पनि गर्छ।

जसको मद्दतबाट ब्याट्री हेल्थ, चार्जिङमा राख्ने समय र तपक्रमको विवरण हेर्न सकिन्छ। एपमा एउटा डिप स्लीप फिचर पनि रहेको छ। जसको मद्दतबाट फोनको ब्याट्री ब्याकअप बढाउन सकिन्छ।

Sajilo Visa

प्रकाशित: ७ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया