Technology Khabar ४ श्रावण २०७९, बुधबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड आईकूले आफ्नो आईकू १० सिरिज सार्वजनिक गरेको छ।
यो सिरिज अन्तर्गत आईकू १० र आईकू १० प्रो सार्वजनिक भएको उमर उजालाले जनाएको छ।
सार्वजनिक भएका आईकू १० र आईकू १० प्रो ब्याक, ओरेञ्ज र लेजेन्डरी एडिसनका ३ वटा रङमा उपलब्ध हुनेछन्।
आईकू १० को ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३ हजार ६९९ युआन तथा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ४ हजार ६९९ युआन तोकिएको छ।
यो फोनमा ६.७८ इञ्चको पूर्ण एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ। ट्रिपल क्यामरा सेटअपमा ५० मेगापिक्सल र प्राइमेरी लेनन्स जीएइन५ सेन्सरमा उपलब्ध छ।
यस्तै आईकू १० प्रो ८ जीबी र्याम र २५६ स्टोरेजको मूल्य ४ हजार ९९९ युआन तोकिएको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ५ हजार ९९९ युआन तोकिएको छ। फोनमा २के ई५ एलटीपपीओ ६.७८ डिस्प्ले दिइएको छ।
कम्पनीले यीमध्ये कुनै डिभाइसको वेबो एकाउन्टमा एउटा छोटो भिडियो पोस्ट गर्दै यसको झलक समेत देखाएको छ।
उक्त भिडियोमा स्मार्टफोनको पछाडिको प्यानलको माथिपट्टि क्यामरा मोड्युल तथा तलपट्टि छालाको जस्तो फिनिश दिइएको देखिन्छ। यसमा ‘फ्यासिनेशन मीट्स इनोभेशन’ पनि लेखिएको छ।
यस आईकू १० सिरिजमा रहेको ४७०० एमएएच डुअल सेल ब्याट्रीले २०० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार