हुन्डाई कारको टेस्ट ड्राइभ गरी फिफा विश्वकप-२०२२ लाइभ हेर्ने मौका

Technology Khabar ३ श्रावण २०७९, मंगलवार

हुन्डाई कारको टेस्ट ड्राइभ गरी फिफा विश्वकप-२०२२ लाइभ हेर्ने मौका

काठमाडौं ।

हुन्डाईले विश्वकप फुटबल-२०२२ लक्षित गर्दै, “टेस्ट-ड्राइभ क्याम्पेन” बजारमा ल्याएको छ।

फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत नयाँ अफर ल्याएको हो।

यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।

मंगलबार श्रावन ३ गते आजबाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्।

यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन्।

यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पन्सरसीपमा कतार जान पाउनेछन्।


हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको छ।

अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ। साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याईएको हो।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ।
हामीमध्ये कोही पनि ह्युन्ड़ाईका उत्कृष्ट उत्पादन र सेवा सम्बन्धी जानकारी लिँदै कतार वर्ल्ड कप लाइभ हेर्ने मौका पाउन चाहे आफू नजिकैको ह्युन्ड़ाई सो–रुम गई टेस्ट–ड्राइभ गर्न सकिने छ।

Global Bank
easy care

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार