Technology Khabar ३ श्रावण २०७९, मंगलवार
काठमाडौं ।
दोश्रो क्वाटर २०२२मा स्मार्टफोनको बिक्री ९५ले घटेको एक अध्ययनले देखाएको छ।
क्यानालिसले २०२२ को दोश्रो क्वाटरमा गरेको बजारमा स्मार्टफोनबारे गरेको एक अध्यनानुसार बढ्दो मुद्रास्फिती र स्मार्टफोनको मूल्यसूची बढ्दै जादा पनि खरिद गर्नेको संख्यामा न्युनिकरण भएकाले २०२२ को दोश्रो त्रैमासिकसम्म बिक्रीमा ऋणात्मक देखिएको सो अध्ययनको प्रतिवेदन तयार भएको छ।
यस्तै उपभोक्ताहरुले सस्तो उपकरणहरुको खोजी गर्नेमा बढावा दिएकाले पनि पछिल्लो समय स्मार्टफोनको कारोबारमा कमी देखिएको हो।
क्यानालिसका विश्लेषक टोबी झुका अनुसार बजार घट्दै जादा लगानी कम गर्नुपर्ने बाध्यता बढेकाले उत्पादनमा कमी हुने र आपूर्तीमा चिन्ता थपिएको छ। जसले गर्दा आयात कर र भन्सारमा असर पर्नेमा दुविधा छैन।
उपभोक्तामा आम्दानीमा गिरावट हुनुका साथै स्मार्टफोन जस्तै विद्युतिय सामाग्रिभन्दा अन्य वस्तुमा आकर्षण बढ्दै जादा समस्या बढेको अध्ययनले दाबी गरेको छ।
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार