सीपीयू र ग्राफिक्सको मूल्य बढ्दै

Technology Khabar ३ श्रावण २०७९, मंगलवार

सीपीयू र ग्राफिक्सको मूल्य बढ्दै
सांकेतिक तस्विर

काठमाडौं ।

सेमीकन्डक्टर उद्योगमा आएको संकट र क्रिप्टो उत्खनन कारण विगत दुई वर्षमा सीपीयू र ग्राफिक्स कार्डहरुको माग ठूलो देखिएको छ। धेरै अवरोध पछि स्थिति केही परिवर्तन भएको छ।

एनभिडिया लगायत निर्मातहरु खुद्रा मूल्यलाई थप स्वीकार्य मूल्यमा समायोजन गर्न सक्षम भएका थिए। तर यो मूल्य धेरै लामो समयसम्म नटिक्ने भएको छ।

ब्लगरहरुका अनुसार सीपीयूका मूल्यहरु बढ्न थालेका छन्। र इन्टेल र एएमडी दुवैले मूल्य समायोजन गरिरहेका छन्। अबको केही महिनामा सीपीयू किन्न धेरै रकम तिर्नुपर्ने हुनेछ।

ताओबाओ पसलका मालिक र डिजिटल ब्लगरका अनुसार सीपीयूको मूल्य बढिरहेको छ। शुरुमा इन्टेलले मूल्य बढाउने छ र त्यस पछि एएमडीका सीपीयूहरुको पनि मूल्य बढ्ने छ। ब्लगरका अनुसार स्टोरहरुले लागत कभर गर्न सूचीको प्रयोग गर्नेछन्। स्टोरहरुमा रहेको स्टक सकिएसँगै स्टोरहरु पनि मूल्य बढाउन बाध्य हुने गिजचाइनाले उल्लेख गरेको छ।

छोटो समयका लागि सीपीयूको मूल्य वृद्धिले उपभोक्ता प्रभावित हुने छैनन्। धेरै पसलहरुले छोटो समयका लागि स्टकबाट काम चलाउँछन्। स्टक सकिए पछि भने मूल्य वृद्धिलाई नियन्त्रण गर्न सम्भव हुँदैन।

Sajilo Visa

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार