ओला इलेक्ट्रिक कारको नयाँ टिजर सार्वजनिक

Technology Khabar २ श्रावण २०७९, सोमबार

ओला इलेक्ट्रिक कारको नयाँ टिजर सार्वजनिक

काठमाडौं ।

ओला इलेक्ट्रिकले आगामी वर्ष बजारमा ल्याउने तयारी गरेको ओला इलेक्ट्रिक कारको नयाँ टिजर सार्वजनिक गरेको छ।

कम्पनीका सीईओ भाविश अग्रवालले इलेक्ट्रिक कारको टिजर सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

भाविशले ट्विट मार्फत् नयाँ टिजर सार्वजनिक गरेका हुन्। कम्पनीले भारतको सबैभन्दा स्पोर्टी कार बनाउन गइरहेको उनले ट्विटरमा दावी गरेका छन्।

उक्त टिजरमा कम्पनीले कस्तो कार ल्याउँदै छ भन्ने जानकारी प्राप्त भएको छैन। रिपोर्टका अनुसार ओलाले सेडान कारमा काम गरिरहेको छ। यसको आकार सेडान जस्तै छ यस अघि जारी गरिएको टिजरमा पनि ओलाको कार सेडान जस्तै देखिएको थियो।

सम्भवत ओलाको इलेक्ट्रिक कार सन् २०२३ मा बजारमा आउने छ।
उक्त टिजरका साथ सीईओ भाविश अग्रवालले यो भारतको अहिलेसम्मको स्पोर्टी कार हुने दावी गरेका छन्। हाल टाटा मोटर्स, महिन्द्रा लगायत कम्पनीले इलेक्ट्रिक एसयूभीमा काम गरिरहेको छ। तर ती कम्पनीबाट अहिलेसम्म यस्तो दावी आएको छैन।

मिडिया रिपोर्ट अनुसार कम्पनीले अगस्ट १५ मा नयाँ इलेक्ट्रिक कारको बारेमा थप जानकारी दिनेछ।

Sajilo Visa

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार