एम२ चिपसेट युक्त म्याकबुक एयर बिक्रीका लागि उपलब्ध

Technology Khabar ३१ असार २०७९, शुक्रबार

एम२ चिपसेट युक्त म्याकबुक एयर बिक्रीका लागि उपलब्ध

काठमाडौं ।

एप्पलको म्याकबुक एयर बिक्रीका लागि उपलबध भएको छ। गत महिना एप्पलले नयाँ एम२ चिपसेट युक्त म्याकबुक एयर र म्याकबुक प्रो ल्यापटप सार्वजनिक गरेको थियो।

तुलनात्मक रुपमा सस्तो म्याक म्याकबुक एयर भने बिक्रीका लागि उपलब्ध नभएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

नयाँ एप्पल म्याकबुक एयर विगत केही दिन देखि प्रि अर्डरका लागि उपलब्ध रहेको छ। छिट्टै म्याकबुक एयर पनि आधिकारिक रुपमा बिक्रीका लागि उपलब्ध हुनेछ।

एप्पल म्याकबुक एयर गत वर्षको म्याकबुक प्रो १४ इन्च र १६ इन्च मोडल समान देखिन्छ। नियमित १३.३ इन्चको डिस्प्लेको ठाउँमा नयाँ १३.६ इन्चको डिस्प्ले दिइएको छ। जसले ५०० निट ब्राइटनेस प्रदान गर्छ। पूर्ववर्तीको तुलनामा नयाँ ल्यापटप २५ प्रतिशत चहकिलो रहेको र यसले १ बिलियन कलर सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

नयाँ एम२ प्रोसेसर उक्त ल्यापटप एम१ एयरको तुलनामा ४० प्रतिशत तीब्र र फोटोसप २० प्रतिशत तीब्र रहेको एप्पलले दावी गरेको छ।

६७ वाट पवार एडाप्टरको सहयोगबाट ल्यापट ३० मिनेटमा ५० प्रतिशत चार्ज हुन्छ। ल्यापटमका १८ घण्टा सम्म भिडियो हेर्न सकिन्छ।

एप्पल म्याकबुक एयरको शुरुवाती मूल्य १ हजार १९९ अमेरिकी डलर तोकिएको छ। टप एण्ड भेरियन्टको मूल्य २ हजार ४९९ अमेरिकी डलर तोकिएको छ। एम१ चिपसेट युक्त म्याकबुक एयर भन्दा यसको मूल्य केही अधिक राखिएको छ।

easy care

प्रकाशित: ३१ असार २०७९, शुक्रबार