सस्तो सेवा प्रदान गर्न माइक्रोसफ्ट र नेटफ्लिक्सबिच सहकार्य

Technology Khabar ३० असार २०७९, बिहीबार

सस्तो सेवा प्रदान गर्न माइक्रोसफ्ट र नेटफ्लिक्सबिच सहकार्य

काठमाडौं ।

लाइभस्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले सस्तोमा सेवा प्रदान माइक्रोसफ्टसँग सहकार्य गरेको छ।

उक्त सस्तो दरको सेवा विज्ञापनयुक्त हुने बीबीसीले उल्लेख छ।

गत अप्रिलमा नेटफ्लिक्सको शेयर दशकमै पहिलोपटक खस्केको थियो।

अघिल्लो महिना कम्पनीका उप-प्रमुख कार्यकारी टेड सारान्डोसले कम्पनी शुल्कलाई बढी प्राथमिकता दिने ग्राहकहरुलाई आकर्षित गर्न अन्य संस्थाहरुसँग व्यवसायका लागि छलफलमा जुटेको बताएका छन्।

गत बिहीबार नेटफ्लिक्सले माइक्रोसफ्टलाई ‘सुलभ मूल्यमा विज्ञापनयुक्त सब्स्क्रिप्सन योजना’ शुरु गर्न ग्लोबल एडभरटाइजिङ टेक्नोलोजी तथा सेल्स पार्टनरका रुपमा चिनाएको थियो।

‘हामीले नयाँ विज्ञापनयुक्त अफरमा सहकार्य गर्दा हाम्रा सबै विज्ञापनसँग सम्बन्धित आवश्यकतामा सहयोग गर्ने कुरामा माइक्रोसफ्ट खरो उत्रिसकेको छ’, नेटफ्लिक्सका सीईओ ग्रेग पिटर्सले विज्ञप्तिमा उल्लेख गरेका छन्।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ३० असार २०७९, बिहीबार

ताजा समाचार