एप्पलले पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोड्यो

Technology Khabar ३० असार २०७९, बिहीबार

एप्पलले पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोड्यो

काठमाडौं ।

एप्पलले आईफोनका पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोडेको छ।

जोनी इभले सन् २०१९ मा एप्पलको जागिर छोडे पनि लभफ्रम डिजाइन फर्मबाट परामर्शदाताको सेवा दिँदै आइरहेको द न्यू योर्क टाइम्सले उल्लेख गरेको छ।

एप्पल र इभबीचको ३० वर्षभन्दा लामो सम्बन्ध अन्त्य भएको हो। इभले एप्पलका ठूला उत्पादनहरु आईफोन, एप्पल वाच, म्याक, एप्पल रिटेल स्टोरहरु र अन्य डिजाइनमा महत्पूर्ण भूमिका निर्वाह गरेका थिए।

इभले सन् २०१९ मा आफ्नै डिजाइन फर्म बनाउने लक्ष्याका साथ एप्पलबाट बाहिरिएको घोषणा गरेका थिए। इभको एप्पल प्राथमिक ग्राहक भध्ये एक भएको बताउँदै एप्पलमै डिजाइको काम जारी राखेका थिए।

त्यससमयदेखि उनले २४ इन्चको आई म्याक र अन्य उत्पादनहरुका साथै एप्पल कारको डिजाइनमा सहयोग गर्दै आइरहेका थिए।

एप्पल छोडे लगत्तै कम्पनीले उनीसँग १०० मिलियन अमेरिकी डलरभन्दा बढीको बहुवर्षिय सम्झौता गरेको थियो।

easy care

प्रकाशित: ३० असार २०७९, बिहीबार