लागुऔषध कारोबार गर्न ड्रोनको प्रयोग

Technology Khabar २९ असार २०७९, बुधबार

लागुऔषध कारोबार गर्न ड्रोनको प्रयोग

काठमाडौं ।

लागू औषध कारोबार गर्नका लागि बनाएको ३ वटा अन्डरवाटर ड्रोन स्पेनी प्रहरीले बरामद गरेको छ।

बीबीसीका अनुसार अफ्रिकाको मोरक्कोबाट समुन्द्र पार गरी लागु औषध तस्करी गर्नका लागि बनाएको ३ वटा अन्डरवाटर ड्रोन स्पेनी प्रहरीले बरामद गरेको हो।

मानवरहित पनडुब्बीहरु २०० किलोग्राम कार्गे बोक्न सक्ने क्षमताका छन्।
१४ महिनाको अनुसन्धनबाट स्पेनको काडिज, मालागा र बार्सिलोनबाट ८ जनलाई पक्राउ गरिएको छ।

सवारी साधन निर्माण गरी युरोपभर लागु औषध तस्कर गर्ने शंकास्पद गिरोहको सञ्जाल तोडिएको स्पेनी प्रहरीको दावी छ।

स्पेनी प्रहरीले मानवबिना चलाउन सक्ने पानीमुनि गुड्ने वाहन फेला पारिएको पहिलो घटना भएको बताएको छ।

उक्त उपकरणबाट तस्करहरुले ठूलो परिणामा लागुऔषध दुवानी गर्ने गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले बरामद गरेको पनडुब्बी मध्ये एउटा पूर्ण रुपमा निर्माण भइसकेको र बाँकी दुईवटा निर्माणाधीन अवस्थामा थिए।

उक्त पनडुब्बी कोकिन तस्करी गर्नका लागि फ्रान्सेली गिरोहसम्म पुर्याउने उद्देश्य रहेको थियो।

अधिकारीहरुले १४ किलो चरेस, ८ किलो गाँजासहित १ लाख ३५ हाजर ५२७ यूरो र ६ वटा ठूला हवाई ड्रोनहरु पनि बरामद गरिएको छ।

जीपीएस नेभिगेसन प्रणाली जडिट ड्रोन इन्टरनेट उपकरणको प्रयोग गरेर तस्करहरुले सहज रुपमा सञ्चालन गर्न सक्ने किसिमका छन्।

Sajilo Visa

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार