Technology Khabar २८ असार २०७९, मंगलवार
काठमाडौं ।
इन्फिनिक्सको नयाँ विद्यार्थीमैत्री बजेट ल्यापटप इन्फिनिक्स इनबुक एक्स१ नियो ल्यापटप भारतमा सार्वजनिक हुने भएको छ।
जागरणका अनुसार इन्फिनिक्स इनबुक एक्स१ नियो ल्यापटप जुलाई १८ मा सार्वजनिक गरिनेछ।
उक्त ल्यापटप २५ हजार भारु भन्दा कम मूल्यमा सार्वजनिक हुने बताइएको छ।
कम्पनीले नयाँ ल्यापटको बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन।
रिपोर्टका अनुसार इनबुक एक्स१ आफ्नो सेगमेन्टको सर्वाधिक हल्का र शक्तिशाली ल्यापटपमध्ये एक हुनेछ। उक्त ल्यापटपको तौल १.२४ किलोग्राम रहेको छ।
ल्यापटप ३ प्रोसेसर भेरियन्ट आई३ (२५६ ५१२ जीबी), आई५ (५१२जीबी) र टप स्पिड आई७ (५१२जीबी)मा उपलब्ध हुनेछ।
रिपोर्टका अनुसार ल्यापटपमा अल्ट्रा ड्यूरेबल एल्यूमिनियम अयानमा आधारित मेटलको ५० वाटको ब्याट्री दिइएको छ।
इन्फिनिक्स इनबुक एक्स१ नियो विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राखिएर डिजाइन गरिएको हो। जुन सस्तो मूल्यमा तीव्र प्रोसेसिङ, धेरै स्टोरेज, पर्याप्त ब्याट्री ब्याकअपमा उपलब्ध छ।
प्रकाशित: २८ असार २०७९, मंगलवार