नुबिया रेड म्याजिक ७ एस सिरिज चीनमा सार्वजनिक

Technology Khabar २७ असार २०७९, सोमबार

नुबिया रेड म्याजिक ७ एस सिरिज चीनमा सार्वजनिक

काठमाडौं ।

जेडटीईले नुबिया रेड म्याजिक ७ एस सिरिज चीनमा सार्वजनिक गरेको छ।

कम्पनीले आफ्नो टप टायर स्मार्टफोन रेड म्याजिक ७ सिरिजको अपग्रेडेड भर्सनको रुपमा सार्वजनिक गरेको हो।

गिज्मोचाइनाका अनुसार रेड म्याजिक ७ एस सिरिज सोमबार चीनमा सार्वजनिक भएको हो।

नुबिया ७ एस सिरिज अन्तर्गत दुई स्मार्टफोन रेड म्याजिक ७ एस र रेड म्याजिक ७ एस प्रो रहेका छन्।

फोन २ कलर अप्सन डार्क नाइट र ड्युटेरियम फ्रन्ट ट्रान्सप्यारेन्टमा उपलब्ध छ। प्रो मोडल विशेष बम्बल संस्करणमा पनि उपलब्ध छ जुन पहेँलो रंगमा उपलब्ध छ।

रेड म्याजिक ७ एस ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ५९६ अमेरिकी डलर, १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ७१५ अमेरिकी डलर तोकिएको छ।

ड्युटेरियम फ्रन्ट ट्रान्सप्यारेन्ट मोडल १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ७३० अमेरिकी डलर र १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ८१९ अमेरिकी डलर तोकिएको छ।

रेड म्याजिक ७एस प्रो १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ७७५ अमेरिकी डलर तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ८९४ अमेरिकी डलर तोकिएको छ।

यस्तै, ड्युटेरियम फ्रन्ट ट्रान्सप्यारेन्ट मोडल १२ जीबी र्याम र २५६ जीबी स्टोजेको मूल्य ७९० अमेरिकी डलर तथा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ८९४ अमेरिकी डलर तोकिएको छ।

प्रो मोडल विशेष बम्बल संस्करण १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। जसको मूल्य ९६९ अमेरिकी डलर तोकिएको छ।

रेड म्याजिक ७एस

रेड म्याजिक ७एसमा ६.८ इन्चको एमोलेड फुल एचडी प्लस डिस्प्लेसहित एलटीएम र डीसी डिमिङ छ।

फोनले प्रदान गर्ने १६५ गिगाहर्ज रिफ्रेस रेट प्रो मोडलको भन्दा उच्च हो। रेड म्याजिक ७एसमा क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ चिप सेट दिइएको छ।

फोन १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ। शक्तिशाली गेम खेल्दा फोनमा उत्पन्न हुने तामक्रमलाई नियन्त्रण गर्न आईस ९.० लिक्विड कुलिङ प्रविधि दिइएको छ। साथै फोनमा बिल्ट इन फ्यान पनि रहेको छ।

ट्रिपल रियर क्यामरा सेटअप रहेको फोनको मुख्य क्यामरा ६४ मेगापिक्सल, ८ मेगापिक्सल वाइड एंगल लेन्स र २ मेगापिक्सल म्याक्रो लेन्ससहित एलईडी फ्ल्यास छ।

सेल्फी र भिडियो कलका लागि ८ मेगापिक्सलको क्यामरा दिइएको छ।

४५०० एमएएच ब्याट्रले १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

रेड म्याजिक ७एस प्रो

रेड म्याजिक ७एस प्रो उच्च एण्ड मोडल हो जसका धेरै फिचर रेड म्याजिक ७एस मोडलकै छ।

फोनमा ६.८ इन्चको एमोलेड डिस्प्ले छ जसले १२० गिगाहर्ज रिफ्रेस रेट प्रदान गर्छ। फोनमा एडभान्स आईस १०.० कुलिङ प्रविधि छ।

रेड म्याजिक ७एस प्रोमा रहेको ५००० एमएएच ब्याट्रीले १३५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

easy care

प्रकाशित: २७ असार २०७९, सोमबार