जीआईएस प्रविधि तालिम: नेपाली महिलालाई प्राथमिकता

Technology Khabar २७ असार २०७९, सोमबार

जीआईएस प्रविधि तालिम: नेपाली महिलालाई प्राथमिकता

काठमाडौं ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले भौगोलिक सूचना प्रणाली (जीआईएस) को सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने भएको छ।

युवा र प्रारम्भिक पेशामा लाग्न चाहने नेपाली महिलालाई इसिमोडले प्राविधिक ज्ञान दिने भएको हो।

संस्थाले आज सोमबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार आगामी साउन ३१ देखि भदौ ३ सम्म आयोजना हुने ४ दिने तालिमले अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र नेपालका ग्रामीण क्षेत्रका महिलाले प्रविधिको प्रयोगमा जोड दिन सघाउने जनाएको छ।

इसिमोडका अनुसार यसपाली हुने जीआईएस प्राविधिक तालिममा विकसित देश चीन र म्यानमारका महिलाको समेत सहभागिता हुनेछ।

जीआईएसको प्रयोगले हिमाल, पहाड र तराईको क्षेत्र, नापी र प्रविधिमा जोड दिने भएकाले तालिममा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिन लागिएको इसिमोडको दावी छ।

सन् २०१८ देखि भूस्थानिक सूचना प्रविधिमा महिला सशक्तिकरणका लागि जीआईएस तालिम दिन थालेको र निरन्तर ४ वर्ष ४ देशका महिलालाई नापी सँगै प्रविधिको ज्ञान सिकाउन पाएकोमा आईटीमा महिलाको पहुँच बढेकोमा इसिमोडले खुसी जनाएको छ।

आगामी महिना ६ देशका २५० युवा महिलाको सहभागिता हुने भौगोलिक सूचना प्रणाली (जीआईएस) आधारभूत तालिमले ग्रामीण क्षेत्र, अविकसित, अल्पविकसित र विकसित क्षेत्रको छवि गणना, प्रविधिका क्षेत्रमा शैक्षिक पृष्ठभूमि जोडिने अपेक्षा इसिमोडको रहेको छ।

इच्छुक युवा महिला उम्मेदवारहरूले यो लिङ्कमा उपलब्ध फारम प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
https://servir.icimod.org/wogit-application-form/

 

Sajilo Visa

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार