भिभोद्वारा भारतमा गरिएको बैंक खाता रोक्का विरुद्ध मुद्दा

Technology Khabar २५ असार २०७९, शनिबार

भिभोद्वारा भारतमा गरिएको बैंक खाता रोक्का विरुद्ध मुद्दा

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले भारतमा रोक्का गरिएका आफ्ना बैंक खाता खुला गरिदिन आग्रह अदालतमा उजुरी दिएको छ।

कम्पनीले नयाँ दिल्लीको अदालतमा दिएको उजुरीमा भारत सरकारको उक्त कम्पनीको बैंक खाता रोक्का गर्ने फैसला खराब भएको र यसले कम्पनी सञ्चालनमा प्रभाव पार्ने उल्लेख गरिएको छ।

दिल्लीको उच्च अदालतमा दिइएको उक्त उजुरीमा बैंक खाता रोक्का भएका कारण कम्पनीले कर्मचारीको तलब तथा राज्यका कर बुझाउन असमर्थ भएको पनि उल्लेख गरेको रोयटर्सले उल्लेख गरेको छ।

भारतीय वित्तीय अपराध संस्थाले बिहीबार भिभोको भारतीय व्यवसायसम्बद्ध ११९ ओटा बैंक खाता रोक्का गरेको थियो। यो समग्र खातामा कुल ५ करवड ८७ लाख डलर रहेको रोयटर्सले जनाएको छ।

भारत सरकारले सम्पत्ति शुद्धीकरणको आरोपमा ती खाता रोक्का गरेको बुझिएको छ।

भिभोले स्थानीय अधिकारीहरुसँग छलफलमा रहेको र भारतीय कानून पालना गर्न सदैव तयार रहेको बताएको छ।

Sajilo Visa

प्रकाशित: २५ असार २०७९, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार