विश्वकै पहिलो १२० इन्चको फोरके टीभी सार्वजनिक

Technology Khabar २३ असार २०७९, बिहीबार

विश्वकै पहिलो १२० इन्चको फोरके टीभी सार्वजनिक

काठमाडौं ।

अग्रणी लेजर टीभी ब्राण्ड हाइसेन्सले नयाँ स्मार्ट टीभी भारतमा सार्वजनिक गरेको छ।

यो संसारको पहिलो प्रिमियम १२० इन्चको फोरके स्मार्ट लेजर टीभी हो। टीभी मोडल नम्बर १२०एल९जीको नामबाट पेस गरिएको छ।

यो लेजर टीभी उद्योगको पहिलो सबैभन्दा ठूलो एएलआर स्क्रीनमा उपलब्ध रहेको टाइम्सअफइन्डियाले उल्लेख गरेको छ।

यसमा ३००० ल्यूमेन्स ब्राइटनेस र फोरके अल्ट्रा एचडी पिक्चर क्वालिटी दिइएको छ।

यसमा दृश्यको गुणस्तर उच्चस्तरको हुनुका साथै प्राकृतिक रंग संयोजन पनि उपलब्ध छ।

उक्त स्मार्ट टीभीमा एउटा ४० वाटको डल्बी एट्मस साउण्ड सिस्टम दिइएको छ। यसमा चलचित्र स्तरको ब्लकबस्टर अडियो अनुभव प्रदान हुने कम्पनीको दावी छ।

हाइसेन्सको १२०एल९जी लेजर स्मार्ट टीभी ६ जुलाईदेखि अमेजनमा बिक्रीका लागि राखिएको छ।

स्मार्ट टीभीको शुरुवाती मूल्य ४ लाख ९९ हजार ९९९ भारु तोकिएको छ। टीभीमा ३ वर्षको वारेन्टी दिइएको छ।

यसमा एलेक्साको फिचर उपलब्ध छ।

Sajilo Visa

प्रकाशित: २३ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार