अधिकांश पिक्सेल प्रयोगकर्ता असन्तुष्ट, ३६ प्रतिशत अन्य ब्राण्डतर्फ लाग्दै

Technology Khabar २३ असार २०७९, बिहीबार

अधिकांश पिक्सेल प्रयोगकर्ता असन्तुष्ट, ३६ प्रतिशत अन्य ब्राण्डतर्फ लाग्दै

काठमाडौं ।

गुगलको पिक्सेल फोनप्रति अधिकांश प्रयोगकर्ताहरु असन्तुष्ट भएका छन्।

पिक्सेल डिभाइसहरुको माग केही वर्षयता अपेक्षाकृत भन्दा खस्कँदै गइरहेको पाइएको छ। ट्रेडिङप्लेटफर्म डटकमको एउटा अनुसन्धानले ३६ प्रतिशत पिक्सेल प्रयोगकर्ताहरुले अन्य ब्राण्डतर्फ जाने निर्णय गरेका छन्।

ट्रेडिङप्लेटफर्मका एडिथ रिड्सका अनुसार राम्रो रेटिङ पाए पनि पिक्सेलका केही पछिल्ला स्मार्टफोन मोडलहरु यूजर अनुभवका हिसाबले प्रतिस्पर्धीका सामु टिक्न नसकेको गिगचाइनाले उल्लेख गरेको छ।

गुगल पिक्सेलका शुरुवाती फोनहरु लोकप्रिय भए पनि पछिल्ला मोडलहरु भने प्रयोगकर्ताको रोजाईमा पर्न सकेका छैनन्।

उपभोक्ताहरुले हालै नयाँ पिक्सेल डिभाइसहरुमा थुप्रै समस्याहरु रहेको गुनासो गरेका थिए। केही विशेषज्ञहरुले पनि हार्डवेयरमा समस्यालगायतका कारण डिभाइसको लाइफ कम हुने पाइएको बताएका छन्।

easy care

प्रकाशित: २३ असार २०७९, बिहीबार