Technology Khabar २२ असार २०७९, बुधबार
काठमाडौं ।
टाटा पावरले तामिलनाडु राज्यमा मेगा सोलर प्लाण्ट स्थापना गर्ने भएको छ।
भारत सरकारले स्वावलम्बी सौर्य आपूर्ति श्रृङ्खला बनाउने योजना बनाइरहँदा त्यसै योजनालाई सघाउने उद्देश्यले यो प्लान्ट स्थापना गर्न लागेको बुझिएको छ।
टाटा पावरले एउटा प्रेस विज्ञप्ति जारी गर्दै आफूले तामिलनाडु सरकारसँग तिरुनेल्भेलीमा ४ गिगावाट सोलर सेल तथा ४ गिगावाट सोलर मोड्युल प्लाण्ट स्थापनाका लागि ३ अर्ब ८० करोड डलर लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको बताएको छ।
कम्पनीले यसबाट प्रत्यक्ष र परोक्ष गरी २ हजार रोजगारी सिर्जना हुने पनि उल्लेख गरेको छ।
टाटा पावरको बेंग्लोर प्लान्टको हालको क्षमता मोड्युलतर्फ ६३५ मेगावाट तथा सेलतर्फ ५०० मेगावाट रहेको छ।
हालका वर्षहरुमा भारतले चीन तथा दक्षिणपूर्वी एसियाको परनिर्भरता घटाउन स्वावलम्बी सौर्य इकोसिस्टमलाई बढावा दिँदै आएको छ।
प्रकाशित: २२ असार २०७९, बुधबार