के इलेक्ट्रिक स्कुटर चलाउन लाइसेन्स चाहिन्छ ? यस्तो छ कानूनी व्यवस्था

Technology Khabar २१ असार २०७९, मंगलवार

के इलेक्ट्रिक स्कुटर चलाउन लाइसेन्स चाहिन्छ ? यस्तो छ कानूनी व्यवस्था

काठमाडौं ।

विश्वमै इलेक्ट्रिक सवारी प्रतिको आकर्षण बढ्दो छ। यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन। पछिल्लो समय नेपालमा पनि इलेक्ट्रिक सवारी साधनको प्रयोग बढ्दो छ।

यस्तोमा इलेक्ट्रिक टू ह्वीलर चलाउन ड्राइभिङ लाइसेन्स आवश्यक पर्छ कि पर्दैन भन्नेमा धेरै नेपाली नागरिक अनभिज्ञ रहेका छन्।

नेपालमा कुनै पनि सवारीसाधन चलाउनका लागि ड्राइभिङ लाइसेन्सको आवश्यकता पर्छ। ड्राइभिङ लाइसेन्स बिना सवारी साधन चलाउनका लागि कानूनले पनि प्रतिबन्ध गरेको छ।

इलेक्ट्रिक स्कुटर पनि सवारीसाधन अन्तर्गत नै पर्ने भएकाले यसलाई चलाउन पनि ड्राइभिङ लाइसेन्स आवश्यक पर्ने यातायात व्यवस्था कार्यालय जगाती (लाइसेन्स) भक्तपुरका प्रमुख शशी महर्जनले बताए।

‘इलेक्ट्रिक स्कुटर चलाउन लाइसेन्स अनिवार्य लिनुपर्छ। लाइसेन्स बिना सवारी साधन चलाउन राज्यले प्रतिबन्ध लगाएको छ,’ महर्जनले टेक्नोलोजीखबरसँग भने, ‘यस्तो अवस्थामा इलेक्ट्रिक स्कुटर चलाउन लाइसेन्स नचाहिने भन्ने कुनै हुँदैन।’

इलेक्ट्रिक स्कुटर पनि अन्य सवारी साधन जस्तै यातायात कार्यालयहरुमा दर्ता भएर नम्बर प्लेट लिएका हुन्छन्। नम्बर प्लेट जडान हुने हरेक सवारी साधन लाइसेन्स बिना चलाउन पाइँदैन।

इलेक्ट्रिक मोटर जडान भएको साइकलको हकमा भने हालसम्म लाइसेन्स अनिवार्य गरिएको छैन। यस्तो साइकलका लागि लाइसेन्स तथा नम्बर प्लेट समेत आवश्यक पर्दैन्।

तर लाइसेन्स बिना इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिकले कानून बमोजिम कारबाहि गर्नसक्छ।

सवारी तथा यातायात व्यवस्था ऐनमा यस्तो छ

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ असार २०७९, मंगलवार

ताजा समाचार