भारतमा ४६ हजारभन्दा धेरै ट्वीटर एकाउन्ट माथि प्रतिबन्ध

Technology Khabar २० असार २०७९, सोमबार

भारतमा ४६ हजारभन्दा धेरै ट्वीटर एकाउन्ट माथि प्रतिबन्ध

काठमाडौं ।

ट्वीटरले मेमा आफ्नो आचारसंहिता उल्लघन गर्ने भारतीय प्रयोगकर्ताको ४६ हजारभन्दा धेरै एकाउन्ट माथि प्रतिबन्ध लगाएको छ।

माइक्रोब्लगिङ प्लेटफर्मले आफ्नो मासिक अनुपालन रिपोर्टमा उक्त कुराको जानकारी दिएको जागरणले उल्लेख गरेको छ।

यस रिपोर्ट अनुसार ट्वीटरले बाल यौन शोषण, गैर-सहमति नग्नता र यससँग सम्बन्धित सामाग्रीको ४३ हजार ६५६ खाता हटाएको छ।

यस्तै आतंकवादलाई प्रोत्साहन गर्ने २ हजार ८७० खाता माथि प्रतिबन्ध गरिएको छ।

यस प्लेटफर्ममा २६ अप्रिल २०२२ देखि २५ मे २०२२ सम्म स्थानीय गुनासो संयन्त्रको माध्यमबाट भारतमा १ हजार ६९८ गुनासो प्राप्त भएको थियो।

जसमा अनलाइन दुर्व्यवहार/उत्पीडनको १ हजार ३६६, घृणित आचरण १११, गलत सूचना तथा हेरफेर मिडिया ३६, संवेदनशील वयस्क सामग्री २८, गलत परिचय सम्बन्धी २५ गुनासो रहेको छ।

यसका साथै १ हजार ६२१ यूनिफर्म रिसोर्स लोकेटर (यूआरएल) विरुद्ध पनि कारबाही गरिएको छ।

यसमा अनलाइन उत्पीडनसँग सम्बन्धित १ हजार ७७, घृणित आचरण ३६२ र संवेदनशील वयस्क सामग्री १५४  ले ट्वीटरको मापदण्ड उल्लघन गर्ने यूआरएल रहेको छ।

easy care

प्रकाशित: २० असार २०७९, सोमबार