इन्टरनेट सेवा प्रदायक क्लासिकटेक १४ औं वर्षमा

Technology Khabar १९ असार २०७९, आईतवार

इन्टरनेट सेवा प्रदायक क्लासिकटेक १४ औं वर्षमा

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक क्लासिकटेक प्रालि १४ औं वर्षमा प्रवेश गरेको छ। क्लासिकटेक आफ्नो स्थापनाको १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको हो।

क्लासिकटेकले सन् २००९ देखि आफ्नो सेवा शुरु गरेको हो।

कम्पनीले १०३ आउटलेटबाट ७४ जिल्लामा सेवा पुर्याइरहेको छ। क्लासिकटेकले एफटीटीएच र आईपीटीभी सर्भिस उपलब्ध गराउँदै आइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७८ चैतसम्मको एमआईएस रिपोर्टका अनुसार क्लासिकटेकका ग्राहक २ लाख १६ हजार ४५३ जना छन्। प्राधिकरणको चैतसम्मको ग्राहक संख्याका आधार क्लासिकटेक तेस्रो ठूलो इन्टरनेट सेवा प्रदायक हो।

कम्पनीले ग्राहकहरुलाई पठाएको वार्षिकोत्सव नोटिफिकेसनमा आफ्ना ग्राहकहरुलाई धन्यवाद दिँदै नेपालको नम्बर १ इन्टरनेट सेवा प्रदायक बन्ने सपना रहेको उल्लेख गरेको छ।

* सम्पादित समाचार

Sajilo Visa

प्रकाशित: १९ असार २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार