हराइरहेकी ‘क्रिप्टोक्वीन’ एफबीआईको मोस्ट वान्टेड सूचीमा

  • Technology Khabar | १७ असार २०७९, शुक्रबार
हराइरहेकी ‘क्रिप्टोक्वीन’ एफबीआईको मोस्ट वान्टेड सूचीमा

काठमाडौं ।

‘हराइरहेकी क्रिप्टोक्वीन’ को नामले चिनिने रुजा इग्नातोभालाई एफबीआईले आफ्नो मोस्ट वान्टेड सूचीको शीर्ष १० मा राखेको छ।

उनी २०१७ मा अमेरिकी अधिकारीहरुले पक्राउ पुर्जीमा हस्ताक्षर गरेपछि अनुसन्धानकर्ताले निगरानी बढाउन थालेदेखि फरार रहेकी छिन्।

सन् २०१४ मा एउटा स्वनामधन्य क्रिप्टोकरेन्सीले क्रेताहरुलाई धेरै जनालाई क्रिप्टो बिक्री गरेको खण्डमा कमिसन दिने अफर ल्याएको थियो।

एफबीआईका एजेन्टले वनक्वाइन आधारहीन भएको र यो अन्य क्रिप्टोकरेन्सीले अपनाएको कुनै ब्लकचेन प्रविधिको सुरक्षा संयन्त्रमा नरहेको बताएका छन्।

संघीय कानून अधिकारीहरुको आरोप अनुसार यो क्रिप्टोकरेन्सीका नाममा चलाइएको पोन्जी स्कीम भएको बीबीसीले उल्लेख गरेको छ।

‘उनले क्रिप्टोकरेन्सीका शुरुवाती दिनहरुमा यसको फाइदा उठाउँदै आफ्नो स्कीम अब्बल तरिकाले चलाएको देखिन्छ’, म्यानहाटनका वरिष्ठ संघीय कानून व्यवसायी दामियन विलियम्सले भने।

एफबीआईले बिहीबार एउटा सूचना जारी गर्दै उनलाई पक्राउ गर्न पर्याप्त हुने कुनै सूचना दिने व्यक्तिलाई १ लाख डलर पुरस्कारको घोषणा गरेको छ।

उनी एफबीआईको शीर्ष १० मोस्ट वान्टेड सूचीमा रहेकी एक मात्र महिला हुन्।

प्रकाशित: १७ असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार