Technology Khabar १५ असार २०७९, बुधबार
काठमाडौं ।
फोर्डले २ हजार ९ सय थान एफ-१५० लाइटनिङ इभी पिकअप ट्रक फिर्ता मागेको छ।
सफ्टवेयरमा देखिएको समस्याका कारण फोर्डले ट्रक फिर्ता मागेको हो।
अटोन्यूजका अनुसार सफ्टवेयरमा उत्पन्न समस्याका कारण टायरको प्रेसर सम्बन्धी चेतावनी प्रदान गर्न असमर्थ रहेकाले फोर्डले एफ-१५० लाइटनिङ फिर्ता लिने निर्णयमा पुगेको हो।
फोर्डले पहिलो पटक आफ्नो इलेक्ट्रिक पिकअप फिर्ता मागेको हो।
फोर्डका अनुसार ट्रकको टायर प्रेसर मनिटरिङ सिस्टमले आवश्यक समयमा काम गर्ने गरेको छैन। टायर प्रेसर ४२ पीएसआई हुनु पर्नेमा मानविय त्रुटिका कारण ३५ पीएसआई राखिएको छ।
फोर्डले अमेरिकाबाट २६६६ यूनिट र क्यानडाबाट २२० यूनिट एफ–१५० लाइटनिङ पिकअप फिर्ता मागेको हो।
सम्भावित दुर्घटना न्यूनीकरण गर्न फोर्ड ट्रक फिर्ता लिने निर्णयमा पुगेको हो। हालसम्म उक्त समस्याका कारण कुनै दुर्घटना भने निम्तिएको छैन।
फोर्डले ३० दिन भित्रमा सफ्टवेयर अपडेट सहितको ट्रक ग्राहकलाई फिर्ता दिइने अटोन्यूजमा उल्लेख छ। यो समस्या समाधान गर्न कम्पनीलाई अधिकतम २० मिनेट मात्र लाग्ने बताइएको छ।
प्रकाशित: १५ असार २०७९, बुधबार