हुन्डाई आयोनिक ६ इलेक्ट्रिक बुधबार सार्वजनिक हुने

Technology Khabar १४ असार २०७९, मंगलवार

हुन्डाई आयोनिक ६ इलेक्ट्रिक बुधबार सार्वजनिक हुने

काठमाडौं ।

हुन्डाईको आयोनिक ६ इलेक्ट्रिक सेडान सार्वजनिक हुने भएको छ। दक्षिण कोरियाली सवारी निर्माताले सार्वजनिक पूर्व आयोनिक ६ इलेक्ट्रिक सेडानको नयाँ टिचर प्रस्तुत गरेको छ।

इनसाइडइभीका अनुसार आयोनिक ६ जून २९ (बुधबार) सार्वजनिक हुनेछ।

रिपोर्टका अनुसार आयोनिक ६ ७७.४ किलोवाट आवर ब्याट्री प्याक सहित ३०० हर्सपावर डुअल मोटर एडब्ल्यूडी पवारट्रेनमा उपलब्ध हुनेछ।

हुन्डाईले जारी गरेको टिजरमा इलेक्ट्रिक सेडानको टेललाइटको लुक देखाइएको छ । भिडियोमा कारको पछाडि कनेक्ट एलईटी टेललाइट देखाइएको छ ।

यो कारलाई सिसाजस्तै पारदर्शी बनाइएको छ ।

Sajilo Visa

प्रकाशित: १४ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार