मोटो जी४२ जुलाई ४ मा भारतमा सार्वजनिक हुने

Technology Khabar १४ असार २०७९, मंगलवार

मोटो जी४२ जुलाई ४ मा भारतमा सार्वजनिक हुने

काठमाडौं ।

मोटोरोलाको मोटो जी४२ स्मार्टफोन भारतमा सार्वजनिक हुने भएको छ।

मोटो जी४२ इन्ट्री लेभलको स्मार्टफोन भएको जागरणले उल्लेख गरेको छ।

फोनको मूल्य १५ हजार भारु भन्दा कम हुनेछ।

जागरणका अनुसार मोटोरोला मोटो जी४२ भारतीय बजारमा जुलाई ४ मा सार्वजनिक गरिने सम्भावना छ। मोटो जी४२ फोरजी स्मार्टफोन भर्खर विश्व बजारमा सार्वजनिक गरिएको थियो।

ग्लोबल भर्सन र भारतीय एडिसनको फिचर र स्पेसिफिकेसन समान हुनेछ।

यो स्मार्टफोन फुल एचडी प्लस २४००x१०८० रेजोल्युसनका साथ ६.४ इन्चको ओएलईडी डिस्प्लेमा उपलब्ध हुनेछ। जसको आस्पेक्ट रेसियो २०ः९ हुनेछ।

मोटो जी४२ मा ट्रिपल क्यामरा सिस्टम छ। जसमा ५० मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स र २ मेगापिक्सलको म्याक्रो सेन्सर राखिएको छ।

फोनको पछाडिको क्यामरा ३० फ्रेम प्रति सेकेण्डमा १०८० भिडियो रेकर्ड गर्न सक्षम छ। फोनमा १६ मेगापिक्सलको सेल्फी स्न्याप्चर दिइएको छ।

स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ६८० प्रोसेसर दिइएको छ। ४ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमतामा मोटो जी४२ उपलब्ध हुनेछ। ५००० एमएएच ब्याट्रीले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

साथै फोनमा स्टेरियो स्पीकर, ३.५ एमएम हेडफोन ज्याक, फिङगरप्रिन्ट स्क्यानर, ब्लूटूथ ५.०, डुअल ब्याड वाइफाइ र जीपीएस सपोर्ट गर्छ।

easy care

प्रकाशित: १४ असार २०७९, मंगलवार

ताजा समाचार