Technology Khabar १४ असार २०७९, मंगलवार
काठमाडौं ।
-साजन सुवेदी
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५७ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ।
आँकडा अनुसार चैत्र महिनामा उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायकहरु यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ६, ३०, २७९
फागुन मसान्त – ६, २४, ७६१ | चैत्र मसान्त – ६, ३०, २७९ | वृद्धि – ५, ५१८ |
२०७८ फागुन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ६ लाख २४ हजार ७६१ रहेकोमा चैत्र मसान्तसम्म आइपुग्दा ५ हजार ५१८ ले बढेर ६ लाख ३० हजार २७९ मा पुगेको छ।
२. सुविसु केबलनेट प्रालि २, १७, ४४३
फागुन मसान्त- २,२१, ९०२ | चैत्र मसान्त – २, २१, ९०२ | अन्तर – यथावत् |
सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या चैत्र मसान्तसम्म २ लाख २१ हजार ९०२ मा रहेका छन्। यो सङ्ख्या फागुन मसान्तसम्म पनि यति नै थियो।
यस हिसाबले हेर्दा एक महिनामा सुबिसुको ग्राहक सङ्ख्यामा कुनै उतारचढाव आएको छैन।
३. क्लासिकटेक प्रालि – २,१६, ४५३
फागुन मसान्त – २, ११, ८६५ | चैत्र मसान्त – २, १६, ४५३ | वृद्धि – ४, ५८८ |
उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको फागुन महिनासम्मको कुल ग्राहक सङ्ख्या २ लाख ११ हजार ८६५ रहेको थियो।
चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा ४ हजार ५८८ वृद्धि भएर २ लाख १६ हजार ४५३ पुगेको छ।
४.भायानेट प्रालि – १, ६२, ३७७
फागुन मसान्त – १, ६२, ३७७ | चैत्र मसान्त – १, ६२, ३७७ | अन्तर – यथावत |
पुष महिनादेखि १ लाख ६२ हजार ३७७ ग्राहक सङ्ख्यासहित चाैथो नम्बरमा रहेको भायानेट प्रालि माघ, फागुन र चैत्र महिनामा आइपुग्दा कुनै सङ्ख्यामा कुनै घटबढ नभई १ लाख ६२ हजार ३७७ सहित चौथो नम्बरमै रहेको छ।
५. डिश मिडिया नेटर्क ९५, ७६३
फागुन मसान्त – ८२, ४१५ | चैत्र मसान्त – ९५, ७६३ | वृद्धि – १३,३४८ |
अघिल्लो महिना अर्थात् फागुन मसान्तसम्म ८२ हजार ४१५ ग्राहकसहित सूचीको सातौं नम्बरमा रहेको डिश मिडिया नेटवर्क चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा १३ हजार ३४८ ग्राहक थप्दै ९५ हजार ७६३ पुर्याएर सूचीको पाँचौं स्थानमा उक्लिएको छ।
६. टेकमाइण्ड्स नेटवर्क प्रालि ८९, ०११
फागुन मसान्त – ८९, ०११ | चैत्र मसान्त – ८९, ०११ | अन्तर – २, ४७० |
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि ग्राहक सङ्ख्या फागुन मसान्तसम्म ८९ हजार ११ रहेकामा चैत्र मसान्तसम्म आइपुग्दा कम्पनीले कुनै ग्राहक थपेको वा गुमाएको छैन। अघिल्लो महिना पाँचौं नम्बरमा रहेको यो कम्पनी चैत्र महिनामा भने छैटौं नम्बरमा झरेको छ।
७. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ६९, ७३५
फागुन मसान्त – ६९, ७३५ | चैत्र मसान्त – ६९, ७३५ | अन्तर – यथावत् |
कुल ग्राहक सङ्ख्या ६९ हजार ७३५ सहित पछिल्लो महिना छैटौं नम्बरमा रहेको वेबसर्फर नेपाल चैत्र मसान्तसम्मको एक महिनामा ग्राहक सङ्ख्यामा कुनै घटबढ नगरी सोही आँकडासहित सातौं नम्बरमा झरेको छ।
८. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५३, ४४४
फागुन मसान्त – ५३, ९०४ | चैत्र मसान्त – ५३, ४४४ | अन्तर – ४, ६० |
फागुन मसान्तसम्म ५३ हजार ९०४ ग्राहक सङ्ख्यासहित उत्कृष्ट १० को आठौं नम्बरमा रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा ४६० ग्राहक गुमाउँदै आठौं नम्बरमै यथावत् रहन सफल भएको छ।
९. सिम्पल मिडिया नेटवर्क केबल प्रालि २२, ९९५
फागुन मसान्त – २०, ९९१ | चैत्र मसान्त – २२, ९९५ | वृद्धि – २, ००४ |
२० हजार ९९१ ग्राहकसहित अघिल्लो महिना अर्थात् फागुनसम्म उत्कृष्ट १० को नवौं स्थानमा परेको सिम्पल मिडिया नेटवर्क प्रालिले एक महिनाको अवधिमा २ हजार ४ ग्राहक थपेर २२ हजार ९९५ ग्राहकसहित नवौं स्थानमै यथावत् रहन सफल भएको छ।
१०. सीजी कम्युनिकेशन्स लिमिटेड – २२, २९५
फागुन मसान्त – १९, ५१२ | चैत्र मसान्त – २२, २९५ | वृद्धि – २, ७८३ |
फागुन महिनामा १९ हजार ५१२ ग्राहक भए पनि उत्कृष्ट १० मा पर्न नसकेको सीजी कम्युनिकेशन्स लिमिटेडले चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा नेपाल नेटवर्कले एक महिनाको अवधिमा २ हजार ७८३ ग्राहक सङ्ख्या बढाएर २२ हजार २९५ पुर्याउँदै दशौं स्थानमा उक्लन सफल भएको छ।
गत महिना दशौं स्थानमा रहेको कनेक्ट नेपाल नेटवर्कलाई यस पटक सीजीले उछिनेको हो।
*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ माघ मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।
प्रकाशित: १४ असार २०७९, मंगलवार