एम१ मोडलको तुलनामा एम२ म्याकबुक प्रोको एसएसडी सुस्त

Technology Khabar १३ असार २०७९, सोमबार

एम१ मोडलको तुलनामा एम२ म्याकबुक प्रोको एसएसडी सुस्त

काठमाडौं ।

एप्पलको एम२ चिप प्रयोग गरिएको नयाँ १३ इन्चको म्याक बुक प्रो स्टोरमा उपलब्ध भइसकेको छ।

एम१ चिपको तुलनामा एम२ चिपको पर्फमेन्स सुधारिएको छ। तर स्टोरेज स्पीडमा भने यस्तो देखिएको छैन।

नयाँ एम२ म्याकबुक प्रोसँग गरिएको परीक्षणले एम१ मोडलको तुलनामा एसएसडी सुस्त रहेको ९टू५म्याकले उल्लेख गरेको छ।

२५६ जीबी स्टोरेज रहेको एम२ म्याकबुक प्रोको स्पीड अघिल्लो जेनेरेसनको एम१ चिप रहेको १३ इन्च म्याकबुक प्रो भन्दा सुस्त रहेको छ।

उक्त परीक्षण ब्ल्याकम्याजिक डिस्क स्पीड टेस्टका माध्यमबाट गरिएको थियो। उक्त परीक्षणमा एम२ चिप रहेको म्याकबुक प्रोको स्टोरेज स्पीड पूर्ववर्ती म्याकबुकको तुलनामा खराब देखिएको थियो।

एम१ मोडलको तुलनामा एम२ मोडलको राइट स्पीड ३४ प्रतिशत र रिड स्पीड ५० प्रतिशत सुस्त रहेको ९टू५म्याकले उल्लेख गरेको छ।

एम१ म्याकबुक प्रोको रिड स्पीड २९०० एमबी प्रति सेकेण्ड र राइट स्पीड २२१५ एमबी प्रति सेकेण्ड छ भने एम२ म्याकबुक प्रोको रिड स्पीड १४४६ एमबी प्रति सेकेण्ड र राइट स्पीड १४६३ एमबी प्रति सेकेण्ड छ।

प्रकाशित: १३ असार २०७९, सोमबार