सामसङ डिस्प्लेले बीएमडब्लूका कारका लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने

Technology Khabar १२ असार २०७९, आईतवार

सामसङ डिस्प्लेले बीएमडब्लूका कारका लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने

काठमाडौं ।

सामसङ डिस्प्ले एसडीसीले बीएमडब्लूका कारका लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने भएको छ।

दक्षिण कोरियाको ईटीन्यूजका अनुसार एसडीसीले बीएमडब्लूका २०२४ मा उत्पादन शुरु हुने नयाँ सेडान कार मोडलहरुमा राख्नका लागि उक्त डिस्प्ले आपूर्ति गर्ने भएको हो।

आफ्नो उत्पादन शुरु भएको ६/७ वर्षपछि एसडीसीले बीएमडब्लूका लागि ओएलईडी डिस्प्ले आपूर्ति गर्ने भएको डिजिटाइम्सले उल्लेख गरेको छ।

बीएमडब्लूका ४० लाख सेडानका लागि ओएलईडी आपूर्ति गर्न लागेको एसडीसीले शुरुमा २०२१ मा होण्डाइको आयोनिक ५ एसयूभीका  लागि उक्त डिस्प्ले आपूर्ति गरेको थियो।

एसडीसीले यसअघि गरेको जुन मसान्तदेखि टेलिभिजनमा प्रयोग हुने एलसीडी प्यानल उत्पादन बन्दको घोषणा कारका लागि ओएलईडीको अन्तरराष्ट्रिय बजार प्रवेश गर्ने योजना अनुसार भएको आकलन गर्न सकिन्छ।

एलजी डिस्प्लेले कारका लागि प्रयोग हुने ओएलईडी प्यानलकी उत्पादन यस अघि नै गर्दै आएको र यसले वैश्विक बजार हिस्सा एसडीसीको तुलनामा धेरै ओगटेको छ।

easy care

प्रकाशित: १२ असार २०७९, आईतवार